शहिद स्मारक बी डिभिजन लिगमा सरस्वती युथ क्लबको लगातार दोस्रो जित

 

काठमाडौँ, ७ चैत । सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १–० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे ।

एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता बनायो । धिरेन्द्र बहादुर शाहले क्लोज रेन्जबाट उत्कृष्ट गोल गरे । पहिलो हाफमा सरस्वतीले १–० को अग्रता बनायो।१–० ले पछि परेको नयाँबस्ती दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन । सरस्वतीले पनि थप गोल गर्न सकेन । धिरेन्द्रको गोल नै सरस्वतीको जितमा पर्याप्त भयो ।

लगातारको दोस्रो जितमा सरस्वतीले ६ अंक बनाएको छ । यसअघि पहिलो खेलमा बाँसबारीलाई सरस्वतीले २–१ ले हराएको थियो‌ ।
पराजित नयाँबस्तीले दुई खेलबाट १ अंक बनाएको छ । पहिलो खेलमा नयाँबस्ती व्वाइज युनियनसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
यो खेलसँगै दोस्रो चरणको सबै खेल सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्