प्रधानमन्त्री  प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं २१ फागुन । प्रधानमन्त्री  प्रचण्डले सबै मन्त्री फिर्ता बोलाउने भएका छन्। मन्त्रीहरू फिर्ता बोलाउने विषयमा छलफल गर्न अहिले माओवादीको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ। बैठकमा प्रधानमन्त्री प्रचण्डले अहिले सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने जानकारी गराएका छन्। सरकारमा कांग्रेसका ९,माओवादी केन्द्रका ४ जना मन्त्री छन्। आज एमालेबाट प्रमुख सचेतक पदम गिरी सरकारमा जाने टुंगो लागिसकेको छ।माओवादी केन्द्र, रास्वपा र जसपाबाट एकरएक जना मन्त्री जाने तय भएपनि को जाने भन्ने बारेमा टुंगो लागिसकेको छैन।यद्यपि बालुवाटार स्रोतले दिएको जानकारी अनुसार जसपाबाट अध्यक्ष उपेन्द्र यादव र रास्वपाबाट सभापति रवि लामिछाने आफैं सरकारमा जाने तयारी गरेका छन्।माओवादी केन्द्रबाट भने उपमहासचिव वर्षमान पुन सरकारमा सहभागी हुने निश्चित भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

अरू कसलाई सरकारमा पठाउने भन्नेबारे अझै छलफलकै चरणमा रहेको माओवादीका एक पदाधिकारीले बताए।प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई कांग्रेस, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन थियो।गएराति अबेरसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको छलफलमा सत्ता गठबन्धन परिवर्तनबारे कुराकानी र सहमति भएको थियो।

‘गएराति पार्टीहरूका अध्यक्षहरूबीचको छलफलमा संक्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई अगाडि बढाउने र सत्ता गठबन्धन पनि परिवर्तन गर्नेबारेमा छलफल भएको थियोबिहान सबै दलले आ(आफ्नो पार्टीको आन्तरिक छलफलमा गएरातिको सहमतिबारे ब्रिफिङ गरेका थिए।

प्रतिनिधि सभामा एमालेका ७९, माओवादी केन्द्रका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ।गएराति दलहरूबीच नेकपा एकीकृत समाजवादी बारे पनि कुराकानी भएको थियो।‘उक्त छलफलमा माधवकुमार नेपालले चाहेमा यो गठबन्धनमा रहन सक्ने र समाजवादीका लागि पनि मन्त्री छुट्याउन सकिने समझदारी बनेको थियो,’ स्रोतले भन्यो, ‘यदि उहाँले निहुँ खोज्नुभयो भयो समाजवादी पनि गठबन्धनमा रहन मुस्किल छ।’जनता समाजवादी पार्टीभने सरकारमै रहने निश्चित जस्तै छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।

 

प्रतिक्रिया दिनुहोस्