पीएसजीमा अनुबन्ध भए डेम्बेले

Ousmane Dembele

२७ साउन, काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बार्सिलोनाका फवार्ड ओस्मान डेम्बेलेलाई भित्र्याएको छ ।

फ्रान्सेली फरवार्ड डेम्बेले २०१७ मा बोरुसिया डर्टमण्डबाट १३५ मिलियन युरोमा बार्सिलोना गएका थिए । उनले १८५ खेलमा ४० गोल गरेका थिए ।

अहिले ४३.५ मिलियन पाउण्डमा पीएसजी गएका डेम्बेलेले ५ वर्षे सम्झौतामा हस्ताक्षर गरेका छन् । ‘पीएसजीमा आवद्ध हुन पाएकोमा म खुसी छु’ २६ वर्षका डेम्बेलेले भने, ‘आशा छ कि क्लबका समर्थकहरुलाई गौरवान्वित बनाउन सक्छु ।’

पीएसजीमा रहेका फ्रान्सका अर्का स्ट्राइकर केलियन एम्बाप्पे र ब्राजिलका फवार्ड नेयमारले भने क्लब छोड्न चाहेका छन् । २४ वर्षका एम्बाप्पे स्पेनिस क्लब रियल मड्रिड जान चाहेका छन् भने नेयमार बार्सिलोना फर्किने चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्