महालक्ष्मी विकास बैंकले ल्यायो ‘महालक्ष्मी महा सोमबार’ योजना

 

काठमाडौँ, १९ असोज । महालक्ष्मी विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले आफ्ना ग्राहकका लागि ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन गर्ने भएको छ । बैंकले सुरक्षित, सहज तथा नगदरहित कारोबारको विस्तारसँगै डिजिटल बैंकिङको प्रयोग बढाउने लक्ष्यसहित नयाँ योजना ल्याएको हो ।

योजनाअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकले हरेक सोमबार दराज नेपालमार्फत अनलाइन सामान खरिद गर्दा विशेष छुट पाउनेछन् । डिजिटल माध्यमबाट हुने कारोबारलाई दैनिक जीवनमा थप सहज बनाउने उद्देश्यले योजना सञ्चालन गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार डेबिट कार्ड प्रयोग गर्ने ग्राहकले दराज नेपालमार्फत न्यूनतम रु. १ हजार ९ सय ९९ बराबरको सामान खरिद गर्दा १० प्रतिशत वा अधिकतम रु. ७५० सम्म छुट पाउनेछन् । त्यस्तै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले सोही न्यूनतम खरिद रकममा १५ प्रतिशत वा अधिकतम रु. १ हजारसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

‘महालक्ष्मी महा सोमबार’ योजना हरेक सोमबार मात्र लागू हुनेछ । छुट सीमित संख्यामा उपलब्ध हुने भएकाले ग्राहकलाई पहिले आउनेलाई प्राथमिकताका आधारमा सुविधा प्रदान गरिने बैंकले जनाएको छ । त्यसैले योजनाबाट लाभ लिन चाहने ग्राहकले प्रत्येक सोमबार समयमै खरिद प्रक्रिया पूरा गर्नुपर्नेछ ।

बैंकले डिजिटल भुक्तानी र कार्डमार्फत हुने कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्ता ग्राहककेन्द्रित योजना सञ्चालन गर्दै आएको जनाएको छ । नगदको प्रयोग घटाउँदै डिजिटल माध्यमबाट सुरक्षित तथा सहज कारोबार गर्ने बानीको विकास गर्न योजनाले सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैंकका अनुसार पछिल्लो समय ग्राहकको बदलिँदो आवश्यकता र प्रविधिको विकासलाई ध्यानमा राखेर डिजिटल बैंकिङ सेवाको विस्तारलाई प्राथमिकता दिइएको छ । अनलाइन कारोबारको बढ्दो प्रयोगसँगै ग्राहकलाई कार्ड तथा डिजिटल भुक्तानीका माध्यमबाट दैनिक खरिदमा सुविधा उपलब्ध गराउने उद्देश्यले ‘महालक्ष्मी महा सोमबार’ ल्याइएको हो ।

बैंकले यस्तो योजनाबाट ग्राहकलाई खरिदमा प्रत्यक्ष आर्थिक लाभ पुग्नुका साथै डिजिटल भुक्तानीको प्रयोगसमेत बढ्ने अपेक्षा गरेको छ । कार्डमार्फत हुने कारोबारलाई सहज बनाउँदै ग्राहकको बैंकिङ अनुभव सुधार गर्न योजना उपयोगी हुने बैंकको भनाइ छ ।
गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले पछिल्लो समय डिजिटल पूर्वाधार विस्तारमा समेत जोड दिँदै आएको छ ।

बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ । डिजिटल हबमार्फत ग्राहकलाई आधुनिक बैंकिङ सेवा तथा डिजिटल कारोबारसम्बन्धी सुविधा थप सहज रूपमा उपलब्ध गराउने बैंकको तयारी छ ।

ग्राहकको आवश्यकता र डिजिटल प्रविधिमा आएको परिवर्तनअनुसार बैंकिङ सेवालाई थप आधुनिक बनाउने प्रयासस्वरूप ‘महालक्ष्मी महा सोमबार’ योजना ल्याइएको बैंकले जनाएको छ । योजनाले ग्राहकलाई अनलाइन खरिदमा बचतको अवसर दिनुका साथै सुरक्षित र नगदरहित कारोबारको प्रवद्र्धनमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्