रक्तदान कार्यक्रम तथा निशुल्क स्वास्थ्य परिक्षण सम्पन्न

 

काठमाडौँ, १५ असोज । लायन्स क्लब अफ नेपाल जर्नालिष्ट र फिट फ्याक्ट्री वेलनेसको सहकार्यमा रक्तदान तथा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम भएको छ । बुधबार भएको कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ । इ ल्यावले निशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

जसमा ५ दर्जन भन्दा बढीले निशुल्क स्वास्थ्य परिक्षण गरेका छन् । सुगर जाँच, कोलेस्ट्रोल र यूरिक ऐसिडको निशुल्क परिक्षण गरिएको थियो । अन्य स्वास्थ्य परिक्षणमा ३० प्रतिशत छुट दिइएको थियो । उक्त कार्यक्रम फिट फ्याक्ट्री वेलनेसको भवन चावहिलमा भएको थियो ।

कार्यक्रम सफल बनाउनको लागि लायन्स लिडर इन्द्रबहादुर कार्की, रिजन चेयरपर्सन नेत्र प्रसाद न्यौपाने, जिर्नालिष्ट क्लवका चार्टर प्रेसिडेन्ट योगेन्द्र प्रसाद शाही, जर्नालिष्ट क्लवका अध्यक्ष गौरव बाबु पोख्रेल, क्लवका सदस्यहरु र वेलनेसका सञ्चालक अरुण गुरुङको सक्रिय सहभागिता रहेको थियो ।

त्यसैगरी, रविना घिमीरे, स्वेता अधिकारी, सुरेश कुमार निरौला, प्रशन्न कार्की, समस्ति श्रेष्ठलगायतको सक्रिय सहभागिता रहेको थियो ।कार्यक्रमको समापनमा लायन्स लिडर इन्द्रबहादुर कार्कीले रक्तदातालाई प्रमाणपत्र बितरण गर्दै रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न गर्नुभएकोमा क्लबका अध्यक्ष, सम्पूर्ण लायन्स सदस्यहरू, स्वयंसेवकहरू तथा सम्पूर्ण रक्तदाताहरूप्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । लायन्स लिडर कार्कीले तपाईंहरूको निस्वार्थ सेवाभावले जीवन बचाउनमा अमूल्य योगदान पु¥याएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्