जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने डरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ

काठमाडौँ, ११ असोज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई प्रहरीले गएराति घरबाटै पक्राउ गरेको छ । अपराध अनुसन्धान कार्यालयका अनुसार उहाँलाई आइतबार बिहान ३ बजे पक्राउ गरेर ल्याइएको हो ।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोली जबरालाई पक्राउ गर्न महाराजगञ्जस्थित उहाँको निवासमा पुगेको थियो । तर उहाँलाई पक्राउ गर्नुको स्पष्ट कारण प्रहरीले अझैसम्म खुलाएको छैन ।

प्रहरीले कसैलाई भेट्न समेत दिएको छैन ।
अदालत सम्बद्ध स्रोतका अनुसार उनलाई पक्राउ गर्नुअघि कुनै पनि अदालतबाट पक्राउ पुर्जी पनि लिइएको छैन । अदालतबाट पक्राउ पुर्जी नलिएमा जरुरी पक्राउ अनुमति लिनुपर्छ ।

अहिले उहाँलाई टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएको छ । उहाँलाई किन पक्राउ गरेको भन्ने कारण अहिलेसम्म प्रहरीले आधिकारिक जानकारी नदिए पनि ‘जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने सुरक्षा विश्लेषणपछि सुरक्षाको लागी प्रहरीले पक्राउ गरेको दावी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्