त्रिशूली (नुवाकोट), १० भदौः भोटेकोशी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशूली नदी किनारमा तीन वटा शव भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशूलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन ।
बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ । उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पुर्याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशूली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्