हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु

सुरुङ्गा (झापा), ३१ जेठः मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने क्रममा उहाँलाई हात्तीले आक्रमण गरेको हो । हात्तीले कुल्चँदा उहाँको घटनास्थलमा नै मृत्यु भएको हो ।
पौडेलको शव परीक्षणका लागि मेची प्रादेशिक अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्