२०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस सम्पन्न

२०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस सम्पन्न

काठमाडौं, १६ माघ ।““म रक्तदान गर्छु“मूल प्रतिबद्धताका साथ २०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस(माघ १५) नेपाल स्वयंसेवी रक्तदाता समाज,काठमाडौंले स्थानीय केन्द्रीय रक्त सञ्चार सेवा केन्द्र नेरेसोको भवनमा एक बिशेष समारोहको आयोजना गरि सम्पन्न भएको छ ।
डा. घनश्याम खतिवडाद्वारा उद्घोषित सो समारोहका प्रमुख अतिथि उप–प्राध्यापक,त्रि.बि. बौद्ध अध्ययन बिभागका भिक्षु आनन्द हुनुहुन्थ्यो । त्यसैगरी अतिथिहरूमा क्रमशः डा.विशेष पौडेल प्राबिधिक सल्लाहकार नेपाल स्वयंसेवी रक्तदाता समाज,सूर्य कुमारी श्रेष्ठ,सदस्य नेरेसो तदर्थ समिति डा.अनिल भट्टराई,प्रमुख मनमोहन कार्डियो भाष्कुलर थोरासिक सेन्टर शिक्षण अस्पताल डा.कपेन्द्रशेखर अमात्य डा.मनिता श्रेष्ठ राजकर्णीकार,निर्देशक,केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका निर्देशक पवनकुमार गुप्ता रहनुभएको थियो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज काठमाडौं जिल्ला शाखाका संयोजक राधाकृष्ण तण्डुकारले स्वागत मन्तब्यबाट समारोहलाई शिष्टताका साथ अगाडि बढाईएको सो समारोहको उद्घाटन प्रमुख अतिथिबाट २५औं वर्षको आफ्नो प्रणय दिनको उपलक्ष्यमा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता द्वयः तेजरत्न÷सरिता महर्जनलाई संकलन थैली हस्तान्तरण गरेर गर्नुभएको थियो ।
उक्त विशेष समारोहमा ब्रम्हटोल मिसा पुचः,ईभेण्ट सोलुशन,डा.घनश्याम खतिवडालाई प्रमुख अतिथिबाट धन्यवाद एवं कदर–पत्र प्रदान गरि सम्मान प्रदान गरिएको थियोे ।

त्यसैगरी आवश्यक्तानुसार आकस्मिक रूपमा रक्तदान गर्न आउनुहुने स्वयंसेवी रक्तदाताहरू क्रमशः Rh.±ve का On Call Blood Donor – इन्द्ररत्न बज्राचार्य A Pos. , लक्ष्मी बलाय श्रेष्ठ B Pos. , जीतन राजाेपाध्याय O Pos. , निधिस सापकोटा AB Pos. , नरेन्द्र श्रेष्ठ A Neg मधु लाेहनी B Neg. , ध्रुव अधिकारी O Neg. र देबेन्द्र स्थापित AB Neg. लाई पनि कदर-पत्र प्रदान गरिएको थियोे ।
स्वयंसेवी रक्तदाताहरूलाई थप उत्प्रेरणा जगाउने मूल उद्देश्यले नयाँ रक्तदान जागरण गीतको पनि लोकार्पण गरिएको थियोे ।

मलाई मन पर्याे यो काम मन पर्याे
जाउँ न साथी गर्न रक्तदान

जीवनको अमृत रगतको धारा
जीउनको लागि अटल सहारा
रगतले नै दिनुपर्छ बिना बहाना
जाउँ न साथी हो गर्न रक्तदान

नियमित नित्य बन्नु पर्छ यो कार्य
रगतको बिकल्प रक्तदान कार्य
जीवन जोगिने अमूल्य कर्म
जाउँ न साथी हो गर्न रक्तदान

जसमा स्वर नेपाल आयडल सिजन ५ का बिजयता करण परियार र नेपाल आयडल सिजन ६ का बिजयता गंगा सोनाम रहेको छ । रचना प्रेमसागर कर्माचार्यको रहेको सो गीतको संगीत एवं संगीत संयोजन जीवित जल्मीले गर्नुभएको थियोे ।
अन्तमा गीतका गायक नेपाल आयडल सिजन ५ का बिजयता करण परियार र नेपाल आयडल सिजन ६ का बिजयता गंगा सोनाम,संगीत एवं संगीत संयोजन जीवित जल्मी र नृत्य निर्देशक तथा नृत्य निर्देशक संघका अध्यक्ष भुवनदास श्रेष्ठलाई धन्यवाद एवं कदर–पत्र प्रदान गरि सम्मान जाहेर गरिएको थियोे ।
अत्यन्त खुशिको खबर ः
२०औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवसको उपलक्ष्यमा
संघसंस्था दर्ता ऐन २०३४ अनुसार काठमाडौं जिल्ला प्रशासनमा ४१२ दर्ता नम्बर रहेर सेवा प्रदान गर्दै आइरहेको रक्त बिन्दू नेपाल(Blood Point Nepal) आगामी दिनदेखि नेपाल स्वयंसेवी रक्तदाता समाज(Nepal Voluntary Blood Donors’ Society)काे बिधान अनुसार कार्य सम्पादन गर्ने गरि एकआपसमा आबद्ध भएको आबद्धता-पत्र नेपाल स्वयंसेवी रक्तदाता समाजका राष्ट्रिय अध्यक्ष प्रेमसागर कर्माचार्य र रक्त बिन्दू नेपालका केन्द्रीय अध्यक्ष सुमन खरेल बीच आदानप्रदान गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्