काठमाडौं, २४ पुस । नेपाली क्रिकेटका उदाउँदो सुपरस्टार शेर मल्ल बागबजारको गौतम एजुकेशन एण्ड भिसा सर्भिसेसको ब्रान्ड एम्बेस्डरमा रूपमा आबद्ध भएका छन् । आईतबार क्रिकेटर मल्ल र गौतम एजुकेशन एण्ड सर्भिसेसबिच औपचारिक सम्झौता भएको हो ।
नेपाली खेलप्रेमीहरू माझ लोकप्रिय क्रिकेटर मल्ल हाल लुम्बिनी लायन्समा आबद्ध छन् । उनी नेपाल प्रिमियर लिग ल्एी को पहिलो र दोस्रो सिजन जित्ने एक मात्र खेलाडी हुन् । बलिङमा रहस्यमय शैली, चुस्त फिल्डिङ र पावर हिटिङ क्षमताका कारण उनी चर्चित छन् ।
गौतम एजुकेशनमा जोडिन पाउँदा अत्यन्तै हर्षित भएको मल्लले बताए ।
गौतम एजुकेसन कम्पनीका सीईओ इन्द्रजीत गौतमले शेर मल्ल जस्तो सुपरस्टार खेलाडीसँग सहकार्य गर्न पाउनु गौरवको विषय भएको बताए ।
’नेपालका विभिन्न जिल्लामा रहेका विद्यालय तहमा क्रिकेट खेल्ने बालबालिकालाई खेल सामग्री र प्रशिक्षणका लागि स्पोन्सर गर्ने योजना बनाएका छौं ।’ गौतमले भने ।
प्रतिक्रिया दिनुहोस्