तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्यामा बृद्धि

विराटनगर, २१ पुसः तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ ।

कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।” उहाँका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो ।

“जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,” उहाँ भन्नुहुन्छ । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउनुहुन्छ ।“यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ,” उहाँ भन्नुहुन्छ ।

त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ ।
यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउछन् ।

डा खड्का भन्नुहुन्छ, “माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।”चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् ।

डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्नुहुन्छ, “बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।”उहँँ थप्नुहुन्छ, “सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।”

टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् ।

जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् ।उपाधि चुमेको छ । डाँगीहाट फुटबल क्लब भाउन्ने आज भएको फाइनल खेलमा तालतलया ब्वाईज फुटबल क्लब इटहरीलाई १–० गोलले हराउँदै उपाधि चुमेको हो ।

डाँगीहाट फुटबल क्लब भाउन्नेका लागि एक मात्र निर्णायक गोल मौसम लिम्बूले गरेका हुन् । लिम्बूले खेलको १८औँ मिनेटमा कर्नर एरियाबाट अरुण राईले निकालेको पासमा गोल गर्दै अग्रता लिएका थिए । डाँगीहाटलाई उपाधि दिलाउन पहिलो हाफमा भएको एक गोल नै काफी भयो । खेलको म्यान अफ दि म्याच निर्णायक गोल कर्ता मौसम लिम्बू घोषित हुँदै नगद रु दुई हजार पाँच सय प्राप्त गरे ।

विजेता डाँगीहाट फुटबल क्लब भाउन्नेले उपाधिका साथ नगद एक लाख एक हजार एक सय एघार प्राप्त ग¥र्यो भने उपविजेता बनेको तालतलया ब्वाइज फुटबल क्लब इटहरीले रु ५१ हजार एक सय ११ का साथ मेडल ट्रफी प्राप्त गरेको छ ।

प्रतियोगितामा विधागत तर्फ डाँगीहाटका असिम राई वेष्ट गोलकिपर, अरुण लिम्बू हाई स्कोर हुँदा तालतलयाका रोशन आचार्य वेष्ट डिफ्रेन, उगेन राई वेष्ट स्टाईकर, सलिन जिमी वेष्ट मिडफिल्डर घोषित हँुदै नगद तीन÷तीन हजार प्राप्त गरे । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी डाँगीहाटका सविन राई घोषित हँुदै नगद रु पाँच हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथि निर्वतमान सांसद सुनिल शर्मा तथा विशिष्ट अतिथि प्रदेश सांसद मानबहादुर लिम्बूले पुरस्कृत प्रदान गर्नुभयो । प्रतियोगिता सङ्गम स्पोर्टिङ क्लबको बेलबारी ११ को आयोजनामा भएको हो । प्रतियोगिता बेलबारीका समाजसेवी शेरबहादुर घले, राई दम्पती सन्तोष राई र कुमारी राईको सम्झनामा सम्पन्न भएको हो ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट कोच, उत्कृष्ट फर्वार्ड, राइजिङ प्लेयर, सर्वाधिक गोलकर्ताको पुरस्कार बेलबारी–११ निवासी हीराकुमारी श्रेष्ठ प्रदानले गर्नुभएको छ । प्रतियोगितामा इन्ट्रा पथरी ११, धरान सिटी धरान, आयोजक सङ्गम स्पोटिङ क्लब बेलबारी, तालतलैया फुटवल क्लब इटहरी, ध्रुव तारा स्पोटिङ क्लब दमक, डाँगीहाट फुटबल क्लब बेलबारी, मोतिराम स्पोटिङ क्लब विराटनगर र एमएफसि इलामसहित आठ टिम सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्