काठमाडौं, ७ मंसिर । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघद्वारा दाश्राे पटक आयाेजना गरिएकाे रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यकाे प्रमुख आतिथ्यतामा स्थानीय साेेह्रखुट्टे वडा नं. १६ स्थित लेखनाथ साहित्य सदनकाे सभाकक्षमा एक समारोह बीच सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथिद्वारा संघका अध्यक्ष केशब बहादुर सुनारलाई रक्त संकलन हस्तान्तरण गरि कार्यक्रमकाे शुभारम्भ गर्नुभएको थियो ।
यसै सिलसिलामा प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई संस्थाकाे पूर्व अध्यक्ष टंक बरैलीले खादा पहराई तथा कार्यक्रमका सभापति केशरबहादुर सुनारले सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गरिएको थियोे ।
उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ४४ जनाले रक्तदान गर्नुभएको थियोे । साे कार्यक्रमकाे सञ्चालन संघका महासचिव त्रिलाेचन बिश्वकर्माले गर्नुभएको सिङ्गो कार्यक्रमकाे संयाेजन चन्द्र खाती र संघका सहकाेषाध्यक्ष रञ्जित बिश्वकर्माले गर्नुभएको थियोे ।
प्रतिक्रिया दिनुहोस्