मेडिकल ब्यवसायी दुर्गा प्रसाईं मध्यराति पक्राउ

 

काठमाडौँ, २ मंसिर । मेडिकल ब्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । उहाँलाई भक्तपुरबाट प्रहरीले सोमबार मध्यराति पक्राउ गरेको हो । उहाँलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ । उहाँमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो ।

प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आउनुभएको थियो । प्रसाईं पटकपटक पक्राउ परिसक्नु भएको छ । यसअघि उहाँलाई चैत १५ गतेको भएको तीनकुनेको आन्दोलनपछि भारतबाट पक्राउ गरी ल्याएको थियो ।

त्यसअघि उहाँलाई साइबर ब्युरोले विद्युतीय कारोबार ऐन अनुसार पटकपटक पक्राउ गरेको थियो ।
प्रसाईँले राजसंस्था पुनस्र्थापनासहितका २७ बुँदे राजनीतिक माग अघि सारेर सरकारलाई दबाब दिन मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्