फिल्म ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने

 

काठमाडौं, ३० कात्तिक । फिल्म ‘झरिपछिको इन्द्रेणी’ पुस ४ मा रिलिज हुने भएको छ । फिल्म ‘झरिपछिको इन्द्रेणी’को गीत ‘फसायो लमी’ले सार्वजनिक भएको छ । मौसम हिमालीको नृत्य निर्देशन रहेको यस फिल्मको छायांकन बुद्ध थापाले गरेका हुन् ।

अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का,राम कार्की र सुबास शर्मा को सह–निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेकोछ । अर्जुन घिमिरे पाँडे निर्देशित सिनेमाको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जली अधिकारी र प्रदीप लामासहितका कलाकार रहेका छन् ।

समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, सङ्गीत संयोजन रमेश परियारले गरेका छन् । यस सिनेमालाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।

यस सिनेमामा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ ।

यहि सिनेमा बाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्ने भएको छ । यस सिनेमामा बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको छ ।
निर्देशक घिमिरेको कथा, पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ

प्रतिक्रिया दिनुहोस्