नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यलाई सार्वजनिक अभिनन्दन

काठमाडौं, २२ भदौ । राष्ट्रसेवक कर्मचारी समाजद्वारा बालाजु बाईसधारा उद्यानमा बिशेष रक्तदान कार्यक्रमकाे आयाेजना गरि सम्पन्न गरिएको छ ।

सभाध्यक्ष उदयकुमार राणाले दाेसल्ला ओढाउनु र कार्यक्रमका प्रमुख अतिथि डा. केदार नरसिंह के.सी.द्वारा सम्मान-पत्र प्रदान गरि सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यलाई सार्वजनिक अभिनन्दन गरिएको थियोे ।

कार्यक्रममा विशेष अतिथि नेपाल रेडक्रस साेसाइटी केन्द्रीय रक्त सञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ता लगाय अन्य अतिथहरूकाे उपस्थिति रहेकाे थियोे । उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३७ जनाले रक्तदान गर्नुभएको थियो । कार्यक्रमकाे संयाेजन बिनाेद न्याैपानेले गर्नुभएको थ।

प्रतिक्रिया दिनुहोस्