फिल्म ‘चमेलीको पोइ’को फस्र्टलुक सार्वजनिक भएको छ ।
एभरेष्ट सूर्य बोहराको लेखन तथा निर्देशनमा तयार भएको ‘चमेलीको पोइ’आगामी चैत १३ गते, रामनवमीको दिनदेखि देशभर प्रदर्शनमा आउने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच फिल्मको फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक तीनवटा पोस्टरले फिल्मको हास्यप्रधान सामाजिक कथालाई झल्काउँछ ।
यस फिल्ममा सुरक्षा पन्त र मुकुन भुसाललाई मुख्य पात्रको रुपमा चित्रण गरिएको छ । यसमा पनत र भुसाल विचको सम्बन्ध अनौठो तर रोचक रहेको देख्न सकिन्छ । एउटा पोस्टरमा नायिका सुरक्षाले मुकुनलाई खुट्टा समातेर घिसारिरहेकी छन् भने अर्को पोस्टरमा मा मुकुन गुलाबको फूल लिएर सुरक्षासँग उभिएका छन्, जहाँ सुरक्षा काँधमा बन्दुक बोकेर हर्षित मुद्रामा देखिन्छिन्। तेस्रो पोस्टरमा नायक मुकुनले नायिका सुरक्षाको खुट्टा मिचिरहेको देख्न सकिन्छ । फिल्ममा नायिक सुरक्षा पन्त र नायक मुकुनसँगै कलाकारहरु विल्सन विक्रम राई, रविन्द्र झा, नारायण त्रिपाठी, बबिन राई, अंशु महर्जन, उमेश राई, रजनी गुरुङ लगायत कलाकारको अभिनय रहेको जनाइएको छ ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा बनेको छ । यो फिल्मको निर्माता सुनिता सापकोटा र राम नारायण उपाध्याय हुनुहुन्छ भने कार्यकारी निर्माता उदय विक्रम राणा र रितु मल्ल ठकुरी हुनुहुन्छ । फिल्मलाई शेरबहादुर तामाङको छायांकन रहेको छ । बन्दे शाह र सुजन बडालको सम्पादन रहेको छ।
यस फिल्ममा सामाजिक सन्देश र मनोरञ्जनको संयोजन गरिएकले फिल्म ‘चमेलीको पोइ दर्शकलाई हाँसो र सोच दुबै दिन सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्