काठमाडौँ, २९ असार । नेपाली चलचित्र ‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक भएको छ । हरितालिका तीजको अवसर पारेर आगामी भदौ ६ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘माग्ने राजा’ को पहिलो गीत ‘त्यो मिठो जोवन’ सार्वजनिक गरिएको हो। डान्सिङ शैलीमा तयार गरिएको यस गीतमा दीपक शर्माको शब्द रचना र संगीत रहेको छ । रचना रिमाल र सविन सुवेदीको स्वर रहेको छ । गीतको भिडियोमा चलचित्रका प्रमुख जोडी केदार घिमिरे ‘माग्ने बुढा’ र वर्षा सिवाकोटीलाई प्रेमिल जोडीको रुपमा प्रस्तुत गरिएको देख्न सकिन्छ । कविराज गहतराजको कोरियोग्राफीमा बनेको यो भिडियोमा केदारले वर्षालाई ूरानी बनाउनेू भन्दै फकाइरहेका छन् भने वर्षाले ूमन चोरेर भाग्न नपाइनेू सर्त राखेकी छन्।
यो चलचित्र ऋषि लामिछानेको निर्देशनमा बनेको छ । यस चलचित्रमा केदार घिमिरे, वर्षा सिवाकोटी, आर्यन सिग्देल, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी, पवित्रा साकी ९मिस पबी० लगायतको अभिनय रहेको छ ।
चलचित्रका प्रस्तुतकर्ता मुनाल घिमिरे रहेका छन । यस चलचित्रको निर्माता मधुसुदन शर्मा रहेका छन् । आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, डि. गुरुङको सम्पादन, राज तिमल्सेनाको लेखन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन तथा त्सूजील कर्माचार्यको ब्याकग्राउन्ड म्युजिक रहेको छ। संगीतमा दीपक शर्मा र बाबुल गिरीको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्