म्याग्दी, २५ असार । मुस्ताङको लोमन्थाङ गाउँपालिका–४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेका हुन ।
छुकार कालीगण्डकी नदीको सहायक खोला हो । यहाँको अन्नपूर्ण गाउँपालिकाको गोप्चेपानी टितर, दाना घरा, सुकेबगर, गुइँठे भुरुङ, तातोपानी, पोखरेबगर, ठूलोबगर, महभिर, तिप्ल्याङ, बैसरी, घुमाउने ताल, तिलकेनी र बेनीको कालीपुल क्षेत्र कालीगण्डकी नदीको तटीय क्षेत्रमा रहेका बस्ती हुन् ।
नदीमा बाढीको सतह बढ्दा तटीय क्षेत्रमा कटान हुनसक्ने भएकाले सतर्कता अपनाउन स्थानीयबासीलाई प्रशासनले आग्रह गरेको हो ।
यसैगरी,सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालयले नदी आसपास जोखिम हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ । मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना जारी गर्दै भोटेकोशी र सुनकोशी नदी आसपासका क्षेत्रमा जोखिम हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको हुन ।
प्रतिक्रिया दिनुहोस्