काँक्रेविहार (सुर्खेत), २० असार । जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको ढुङ्गा लागेर मृत्यु भएको छ ।
नियमित भइरहेको बर्षाको कारणले टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर उनको मृत्यु भएको डाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए । बिहीबार बेलुकी ९ः०० बजे टहरामा सुतिरहेकी १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढाको मृत्यु भएको वडाध्यक्ष बुढाले बताए । नरबहादुर बुढाकी दुई छोरी बाख्रा हेरचाहका लागि भूकम्पपीडितका लागि निर्माण भएको अस्थायी टहरामा सुतिरहेको समयमा माथिबाट ढुङ्गा खसेर लाग्दा दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो। प्रहरी घटनास्थलमा पुगेर जानकारी लिएको प्रहरी जवान महेश सिंहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्