गभर्नर नियुक्तिको विषयलाई लिएर देउवा र प्रधानमन्त्री रस्साकस्सी,सत्ता गठबन्धनमा कांग्रेसको धेरै असन्तुष्टि रहेको प्रवक्ता डा.महतको दावी

 

काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच गभर्नर नियुक्तिको विषयलाई लिएर रस्साकस्सी चलिरहेको छ । सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको थियो । तर, मन्त्रिपरिषद् बैठक स्थगित गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता हुने तयारी थियो ।

मन्त्रिपरिषद् बैठक स्थगित गरिएपनि देउवा बालुवाटार नआएको बालुवाटार स्रोतले बतायो । कांग्रेस र एमालेबिच गभर्नरमा कांग्रेस निकट डा.विश्व पौडेललाई नियुक्त गर्ने सहमति भएको स्रोत बताउँछ । तर, हालसम्म सिफारिस समितिको बैठक समेत बस्न सकेको छैन । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ भने सोही आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई गभर्नर बनाउने निर्णय गर्नुपर्ने व्यवस्था छ ।

यसैगरी, पोखरा । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको सत्ता गठबन्धनमा कांग्रेसकै पनि धेरै असन्तुष्टि रहेको बताएका छन् ।
‘अहिलेको गठबन्धनमा हाम्रा पनि धेरै असन्तुष्टि छन् । एमाले नेतृत्वलाई पनि भनेका छौँ, गठबन्धन भएको अर्काको प्वाइन्ट अफ भ्यूलाई अण्डरस्ट्याण्ड हुनुपर्छ,’ उनले भने, ‘अहिले गभर्नरको कुरा छ । हामीले एउटा प्रोफेसनल मान्छे आओस् भनेका छौँ । अन्योल छ, यसले राम्रो सन्देश गएको छैन ।’ उनले राजनीतिक पार्टी निर्माण भएकै सत्तामा जानका लागि भएको बताए ।

सोमबार नेपाली कांग्रेस कास्की ३ को दोस्रो क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारमा गएपछि मात्रै पार्टीले आफ्नो घोषणापत्र कार्यान्वयन गर्न सक्ने बताए ।
अहिले गठबन्धन सरकार छ । यो पनि बाध्यात्मक परिस्थितिमा बनेको हो । हैरान भएर,’ उनले भने, ‘पार्टीहरु निर्माण भएकै सत्तामा जानका लागि हो । कहिलेकाहीँ हामीहरू आदर्श वाक्य बोल्छौँ, बाहिरै बसौँ, किन जानप¥यो भन्छौँ । हामी सत्तामा गएनौँ भने हाम्रो नीति कार्यक्रम र बजेट कसरी आउँछ ?’

महतले सत्तामा नगएपनि नेता कार्यकर्ताबाटै गुनासो आउने गरेको र सत्तामा गएपनि प्रश्न रहिरहने बताए । ‘कि त महान् भएर सत्तामा बस्दैनौँ, बाहिरै बस्ने हो भन्नुप¥यो । फेरि बाहिरै बस्ने हो भने पुलिसबाट यस्तो अन्याय भो, प्रशासनले एकथोपा सुन्दैन । एकलौटी अर्काको काम ग¥यो । त्यसबेलामा सबै आत्तिन्छन्,’ अघि भने, ‘सत्तामा गयो, त्यहाँ पनि समस्या छ । यो भएन र त्यो भएन भन्छन् । कहाँ सबैचिज हुन्छ सत्तामा ? म पनि मन्त्री भा हो ।’

अहिलेको निर्वाचन प्रणालीबाट कसैको पनि बहुमत नआउने भन्दै उनले संविधान संशोधनको प्रक्रिया तुरुन्तै अघि बढाउनुपर्ने बताए ।
‘अहिले कसैको पनि बहुमत छैन । यो निर्वाचन पद्धतिबाट कसैको बहुमत पनि आउँदैन । त्यसैले संविधान संशोधनको कुरा ग¥यौँ,’ उनले भने, ‘मैले भनिरहेको छु, संविधान संशोधनलाई सिरियसली अगाडि बढाऔँ । भोलि होला नहोला बेग्लै कुरा हो । दुई तिहाइ चाहिन्छ । अपर हाउसमा पुग्दैन । तैपनि छलफल थालौँ ।’फरक प्रसङ्गमा महतले बजेट निर्माण गर्दा ठुला योजना मात्रै सङ्घले बाँडफाँट गर्नुपर्ने बताए । ‘कनिका छरेर परिणाम निस्किँदैन । ३ करोड भन्दा साना योजना ल्याउन हुँदैन भनेर हामीले गृहकार्य ग¥यौँ,’ उनी भन्छन्, ‘नयाँ सरकार आयो, सबै फालियो । अहिले ३ करोड भन्दा तलको योजना नराख्ने भनेर जोडबल गरिरहेका छौँ । बरु थोरै होस्, परिणाम देखिने काम हुनुपर्छ ।’
यस्तै, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसमा उकुसमुकुसको अवस्था रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा सुवास घिमिरेले लेखेको विपी कोईरालाको जीवन कथामा आधारित पुस्तक सान्दाजुको लोकोर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेसभित्र अहिले उकुसमुकुस, गुनासो, असन्तुष्टि र छटपटाहट रहेको जिकिर गरे । उनले कांग्रेसमा एउटा अवसर पनि रहेको बताए । उनले कांग्रेस अहिले संघ, प्रदेश र स्थानीय तहको सरकारमा रहेको र अब बन्ने प्रधानमन्त्री पनि कांग्रेसकै रहने बताए । उनले अब गभर्नर पनि काँग्रेसकै भागमा रहेको बेलामा पनि कांग्रेसीजनमा खुशी नरहेको बताए ।

महामन्त्री थापाले भने, ‘अब हाम्रो जेनेरेशनको साथीहरुले एउटा संकल्प गर्ने बेला आएको छ । नेपाली काँग्रेस पार्टीभित्र अहिले एउटा खालको उकुसमुकुस छ । उकुसमुकुस छ, गुनासो छ, असन्तुष्टि छ, एउटा छटपटाहट देखिन्छ । तर म एउटा अवसर पनि छ भनिरहेको छु । नेपाली काँग्रेस पार्टीका सन्दर्भमा हामीले लामो समयदेखि टेक्निकल र ब्युरोकेटिक कुरा ग¥यौँ । चुनावको कुरा, चुनाव जित्नुपर्छ भन्यौँ ।

को उम्मेदवार बन्ने कुरा ग¥यौँ । हामीले अहिले चुनाव जितेका छौँ, नेपालको सबैभन्दा ठूलो पार्टी हो हामी अहिले । हामी सबैतिर सरकारमा छौँ । हामी नभएको ठाउँ नै छैन । पालिकामा, वडामा, संघमा सरकार, प्रदेशमा सरकार । अहिले हामीले बनाएका प्रधानमन्त्री र अब हुनेवाला प्रधानमन्त्री पनि हाम्रो । अब सबै हाम्रो । अब गभर्नर हाम्रो, उ हाम्रो, जताततै हाम्रो । खुशी हुनुपर्ने नि त काँग्रेस त । सबै हाम्रो भएको बेलामा किन खुशी नभएको त ? हामीले खोजेको त्यो होइन रहेछ ।’

महामन्त्री थापाले कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको बताए । उनले नोपली समाजमा एउटा उकुसमुकुस रहेको बताउनु भयो । बाहिर आउने र जानेकुरा चलिरहने बताए । उनले नेपाल बन्दैन भन्ने भाष्यप्रति चिन्तित हुनुपर्ने बताए । कांग्रेसलाई गनगन गर्ने र भाग्ने ठाउँ नरहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्