निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

वीरगञ्ज पर्सा, १७ असोजः पर्साको जगरनाथपुर गाउँपालिका–६ बहुअरीस्थित धर्मशालामा सञ्चालित निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित भएका छन् ।

आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा आँखा परीक्षण तथा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले दाइजो एवं सामाजिक कुरीतिविरुद्ध जागरण मञ्चले सामुदायिक आँखा केन्द्रको सहयोगमा शिविर आयोजना गरेको हो ।

मञ्चका अध्यक्ष वृजेश्वरप्रसाद चौधरीका अनुसार शिविरमा १८७ जनाको आँखा परीक्षण गरिएको थियो । परीक्षणका क्रममा मोतियाविन्दुको लक्षण देखिएका ६३ जनामध्ये ३४ जनालाई औषधि तथा आँखा ड्रप उपलब्ध गराइएको थियो ।

मोतियाविन्दुको समस्या देखिएका बिरामीको यही असोज १९ गते सोमबार वीरगञ्जस्थित सामुदायिक आँखा केन्द्रमा निःशुल्क शल्यक्रिया गरिने मञ्चले जनाएको छ । शिविरमा डा। महेशसिंह घामीले आँखा परीक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्