काठमाडौँ, १६ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम असोज १६ गते शुक्रबार राति १२ बजेदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को असोज १३ गतेको सिफारिसअनुसार अधिवेशन अन्त्य गरिएको जनाएको छ ।
अधिवेशन अन्त्य हुनुअघि संसद्मा प्रविधि र प्रशासनिक आचरणदेखि विपद् व्यवस्थापन, महँगी, कृषि, पूर्वाधार, वन्यजन्तु संरक्षण र लोकतान्त्रिक संस्थाको भूमिकासम्मका विषय उठेका छन् ।
संसद् अधिवेशन अन्त्य भए पनि बैठकमा उठाइएका जनसरोकारका विषयको सम्बोधन तथा प्रस्तावित कानुनी व्यवस्थाको कार्यान्वयन अब सरकार र सम्बन्धित निकायका लागि मुख्य जिम्मेवारीका रूपमा रहनेछ ।
प्रतिक्रिया दिनुहोस्