‘जुनियर सुपरमोडेल इन्टरनेशनलको उपाधि आयनालाई

 

काठमाडौं, १६ भदौ । सामरी इन्टरनेशनलको आयोजनामा भएको ‘जुनियर सुपरमोडेल इन्टरनेशनल नेपाल २०२६’को ग्रान्ड फिनालेमा आयना राईले मुख्य उपाधि जितेकी छन् । राष्ट्रिय नाचघरमा शनिबार सम्पन्न प्रतियोगितामा सहभागी २३ बालबालिकाले आत्मविश्वास, सिर्जनशीलता र प्रतिभामार्फत आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतियोगितामा एन्जेलिना राई प्रथम रनरअप, अनन्या पुरी द्वितीय, अनमोल परियार तृतीय, युबिया महर्जन चौथो र बिद्या खत्री पाँचौँ रनरअप घोषित भए । विशेष उपाधितर्फ एन्जेलिना राईले पब्लिक च्वाइस, अंशु भण्डारीले भ्यूअर्स च्वाइस र जिनियस प्रसाईंले म्यानेजमेन्ट च्वाइसको उपाधि जिते ।

प्रतियोगितामा परिचय राउन्ड, डिजाइनर वेयर, प्रश्नोत्तर, प्रतिभा प्रदर्शन तथा सांस्कृतिक प्रस्तुतिलगायतका चरण समावेश थिए । निर्णायक मण्डलमा रोजी श्रेष्ठ (सुमित्रा), बिपिशा भट्टराई, नीलम पौडेल र विजय शाही रह्नु भएको थियो ।
कार्यक्रममा गायिका ज्ञानु राणा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । उहाँलाई नेपाली संगीत क्षेत्रमा लामो समयदेखि पु¥याएको योगदानका लागि लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

यसै अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका कृष्णप्रसाद पाण्डे, रीना श्रेष्ठ, नीलम पौडेल, विजय शाही, अर्जुन कार्कीलगायत व्यक्तित्व तथा आगन पार्टी भेन्यु एण्ड रेस्टुरेन्ट र फेसन डिजाइनर दिलमाया मगरलाई नेपाल एक्सेलेन्सी अवार्ड प्रदान गरिएको थियो ।

आयोजक भरत सामरीका अनुसार प्रतियोगिताले बालबालिका तथा युवा प्रतिभालाई आफ्नो क्षमता प्रस्तुत गर्दै आत्मविश्वास विकास गर्ने र भविष्यका अवसर खोज्ने महत्वपूर्ण मञ्च प्रदान गरेको छ ।

‘जहाँ आत्मविश्वासले प्रतिभालाई भेट्छ, र सपनाले मञ्च पाउँछ’ भन्ने भावनासहित सम्पन्न प्रतियोगिताले बाल प्रतिभा, फेसन र मनोरञ्जनलाई एउटै मञ्चमा प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्