लायन्स क्लवद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैया सहयोग

 

काठमाडौं, १५ भदौ । मानवीय सेवामा क्रियाशील लायन्स क्लवले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ जम्मा गरेको संस्थाका मल्टिपल काउन्सिल चेयरपर्सन लायन केशर बहादुर भण्डारीले जानकारी दिनुभयो ।

आइतबार अर्थमन्त्रीको उपस्थितिमा एक करोड एक लाख एघार हजार एक सय एघार रुपैयाँको आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

उक्त सहयोग हस्तान्तरण कार्यक्रमा International Director Lion Rajan Lamsal , PID Lion Balkrishna Burlakoti , PID Lion Sanjay Khatan , GAT Area Leader Lion Shambhu Ghimire , LCIF Area Leader Lion Arun Pratap Rana , Multiple Council Chairperson Lion Keshar Bhandari, Multiple Vice Chairperson/DG Lion Sandeep Kasaudhan सर, Multiple Secretary Lion Ratna Parajuli , Treasurer/DG Lion Shyam Kumar Yadav , Joint Secretary/DG Lion Uddhav Silwal , DG Lion Yog Raj Khadel Sharma , DG Lion Surya K.C, DG Lion Ramesh Adhikari ,Multiple Secretary Lion Padhumna Pokhrel .

लगायतको उपस्थिती रहेको थियो । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावितहरूको दुःखद घडीमा साथ, सहयोग र ऐक्यबद्धता जनाउँदै ीष्यलक परिवार सधैंझैँ मानव सेवामा एकजुट भएको छ ।

लायन्स क्लवले बाढीपीडितका लागि तत्काल राहत वितरण कार्यसमेत सुरु गरिसकेको जनाएको छ । प्रभावित क्षेत्रमा स्थानीय संयन्त्रसँग समन्वय गर्दै खाना वितरण, उद्धार, अस्थायी आवासका लागि त्रिपाल तथा लत्ताकपडाको व्यवस्थापन भइरहेको संस्थाले जनाएको छ ।

यसका साथै, लायन्स अन्तर्राष्ट्रियले राहत तथा पुनर्निर्माणका लागि २ लाख अमेरिकी डलर पनि स्वीकृत गरिसकेको छ ।

आगामी दिनमा विद्यालय, स्वास्थ्य चौकीलगायतका संरचना निर्माणका लागि नेपाल सरकारले क्षेत्र निर्धारण गरिदिएमा सहकार्य गरेर काम गर्न तयार रहेको संस्थाले उल्लेख गरेको छ ।

सन् १९१७ मा स्थापना भएको लायन्स अन्तर्राष्ट्रियले १०८ वर्षदेखि विश्वभर स्वास्थ्य, शिक्षा, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामाजिक सेवाका क्षेत्रमा योगदान दिँदै आएको छ ।

नेपालमा भने यस संस्थाले विगत ५५ वर्षदेखि विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार