काठमाडौं, १३ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै इण्डियन च्याम्बर अफ कमर्श (आईसीसी)द्वारा प्रदान गरिने चार प्रतिष्ठित अवार्ड एकैपटक जित्न सफल भएको छ । बैंकले साना तथा मझौला उद्यम (एमएसएमई) प्रवद्र्धन, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा समग्र व्यावसायिक बैंकिङ सेवामा उत्कृष्ट प्रदर्शनका आधारमा यी सम्मान प्राप्त गरेको हो ।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ समारोहमा नेपाल एसबिआई बैंकलाई “बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन (द्यभकत द्यबलप ष्ल ःक्ःभ् ब्अअभभिचबतष्यल)”, “बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी (द्यभकत एभचायचmबलअभ यल ब्ककभत त्तगबष्तिथ)”, “बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी (द्यभकत एभचायचmबलअभ यल एचयाष्तबदष्ष्तिथ)” तथा “बेस्ट कमर्सियल बैंक (द्यभकत ऋयmmभचअष्ब िद्यबलप)” विधामा सम्मान प्रदान गरिएको हो।
उक्त पुरस्कार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले समारोहमा ग्रहण गरेका थिए । कार्यक्रममा एसियाका विभिन्न मुलुकका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, नियामक निकायका अधिकारी तथा बैंकिङ क्षेत्रका विज्ञहरूको उपस्थिति रहेको थियो ।
नेपाल एसबिआई बैंकले प्राप्त गरेका यी चारवटै अवार्डलाई बैंकको दीर्घकालीन रणनीति, सुशासन, प्रभावकारी वित्तीय व्यवस्थापन तथा ग्राहककेन्द्रित सेवाको अन्तर्राष्ट्रिय मान्यता रूपमा हेरिएको छ । विशेषगरी व्यावसायिक बैंकिङमा निरन्तर सुधार, जोखिम व्यवस्थापन, कर्जा पोर्टफोलियोको गुणस्तर कायम राख्ने क्षमता तथा नाफामुखी सञ्चालन प्रणालीका कारण बैंकले यो सफलता हासिल गरेको जनाइएको छ ।
एमएसएमई अर्थात् साना तथा मझौला उद्यमलाई आर्थिक विकासको महत्वपूर्ण आधार मानिन्छ । नेपाल एसबिआई बैंकले यस क्षेत्रमा कर्जा प्रवाह, वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीलाई आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन खेलेको भूमिकाको मूल्याङ्कन गर्दै “बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन” अवार्ड प्रदान गरिएको हो । पछिल्ला वर्षहरूमा बैंकले साना व्यवसाय, स्टार्टअप तथा उत्पादनमूलक क्षेत्रमा केन्द्रित वित्तीय योजनालाई प्राथमिकतामा राख्दै आएको छ ।
त्यसैगरी, सम्पत्तिको गुणस्तर (एसेट क्वालिटी) सम्बन्धी अवार्डले बैंकको कर्जा व्यवस्थापन, खराब कर्जा नियन्त्रण तथा जोखिम न्यूनीकरणमा देखिएको प्रभावकारी कार्यसम्पादनलाई प्रतिबिम्बित गर्छ । बैंकिङ क्षेत्रमा सम्पत्तिको गुणस्तरलाई संस्थाको वित्तीय स्वास्थ्यको महत्वपूर्ण सूचक मानिन्छ । यस क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्न सफल हुनु बैंकको व्यवस्थापकीय दक्षताको संकेतका रूपमा लिइएको छ ।
नाफामुखी कार्यसम्पादनतर्फको सम्मानले बैंकले सञ्चालन खर्च नियन्त्रण गर्दै प्रभावकारी रूपमा आम्दानी वृद्धि गर्न सफल भएको पुष्टि गर्छ । स्वस्थ वित्तीय अवस्था, सन्तुलित लगानी नीति तथा दिगो व्यवसायिक रणनीतिले बैंकलाई यस विधामा पनि उत्कृष्ट बनाएको आयोजक संस्थाको मूल्याङ्कन छ ।
यस्तै, “बेस्ट कमर्सियल बैंक” अवार्डले बैंकको समग्र सेवा, व्यवसाय विस्तार, वित्तीय स्थायित्व, डिजिटल बैंकिङको विकास, ग्राहक सेवा तथा संस्थागत व्यवस्थापनमा देखिएको उत्कृष्टतालाई समेटेको छ । एकै समारोहमा चार विधामा सम्मानित हुनु नेपाल एसबिआई बैंकका लागि उल्लेखनीय उपलब्धि मानिएको छ ।
नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ । यस अवधिमा बैंकले परम्परागत बैंकिङ सेवासँगै आधुनिक डिजिटल सेवा विस्तारमा पनि उल्लेखनीय प्रगति गरेको छ । व्यक्तिगत, संस्थागत तथा व्यावसायिक ग्राहकलाई लक्षित गर्दै बैंकले बचत, कर्जा, रेमिट्यान्स, व्यापार वित्त, डिजिटल भुक्तानी, कार्ड सेवा तथा अन्य वित्तीय समाधान उपलब्ध गराउँदै आएको छ ।
हाल बैंकको देशभर १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटिएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन् । विस्तारित सेवा सञ्जालमार्फत बैंकले शहरी क्षेत्रसँगै ग्रामीण तथा अर्धशहरी क्षेत्रमा पनि वित्तीय पहुँच विस्तार गर्दै आएको जनाएको छ ।
बैंकिङ क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त यस्ता सम्मानले संस्थाको विश्वसनीयता अझ मजबुत बनाउने विश्वास गरिएको छ । साथै, यसले विदेशी लगानीकर्ता, व्यावसायिक साझेदार तथा ग्राहकबीच बैंकप्रतिको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नेपाल एसबिआई बैंकले आगामी दिनमा पनि नवीन प्रविधिमा आधारित बैंकिङ सेवा विस्तार, ग्राहक सन्तुष्टि वृद्धि, वित्तीय समावेशीकरण तथा साना–मझौला उद्यमको प्रवद्र्धनलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा प्राप्त यी चार प्रतिष्ठित अवार्डले बैंकको वित्तीय क्षमता, व्यवस्थापकीय दक्षता र दीर्घकालीन व्यवसायिक दृष्टिकोणलाई थप सुदृढ रूपमा स्थापित गरेको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्