‘हुलाक ऐन, २०१९’  संशोधन गर्न  माग

काठमाडौँ, १६ असार :  हुलाक सेवासम्बन्धी कानुन ‘हुलाक ऐन, २०१९’ र नीति समयानुकूल परिवर्तन गर्न अधिकारीहरुले जोड दिएका छन् ।
हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको ‘हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रम’ मा  अधिकारीहरुले सो धारणा व्यक्त गर्नुभएको हो ।
कार्यक्रममा नेपालमा हुलाक सेवाको रुपान्तरण : सरकारी कुरियर सेवा, व्यावसायिकता र नवप्रवर्तन विषयक कार्यपत्र प्रस्तुत गर्नुहुँदै पूर्वसचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढाउन कानुन र नीतिगत सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
हुलाक सेवा विभागका निर्देशक सपनाकुमारी भट्टराईले ‘हुलाक  ऐन,२०१९’ को  संशोधन अनिवार्य भएको जानकारी दिनुभयो ।
  नेपाल कुरियर सेवा सङ्घका अध्यक्ष अनिल राजभण्डारीले २०५० सालमा हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा सुरु भएको बताउनुभयो । नेपालमा कुरियर सेवा सबै जिल्लामा पुगिसकेको छ ।
सरकारले जारी गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदाको २७ नं. बुँदामा हुलाक सेवालाई सरकारी कुरियर सेवा प्रदायकका रुपमा अघि बढाउने कुरा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्