नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यद्वारा १८६औं पटकको रक्तदान

 

सिन्धुपाल्चोक, २२ चैत्र  ।  नेपालका सर्वाधिक स्वयंसेवी शतक रक्तदाता, राष्ट्रिय रक्तसम्राट एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले आज आफ्नो पूरानो रक्तदानको १८५औं पटकको रेकर्ड तोड्दै आज सिन्धुपाल्चोकमा आफ्नो १८६औं पटकको रक्तदान गर्नुभएको छ ।

रक्तसम्राट कर्माचार्यले जिल्लाको हेलम्बु गाउँपालिका वडा नं. ३ स्थित स्थित धार्मिक एवं पर्यटकीय स्थल पाल्चाेकी भगवती मन्दिरको प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा १८६औं पटकको रक्तदान गर्नुभएको हो ।  यसरी विभिन्न जिल्लाहरुमा गएर रक्तदान गर्नुको अर्थ यूवाहरुमा मानवीय जीवन बचाउनकालागि रक्तदान गर्नुपर्छ भन्ने भावनाको जागृत गराउनु रहेको रक्तसम्राट कर्माचार्यले बताउनुभयो ।

उहाँले भन्नुभयो भयो “हामी यसरी यूवाहरुलाई रक्तदान गर्न प्रेरण मिलोस भनेर रक्तदान गर्दै गराइरहेका छौं तर सरकार भने दानमा दिइएको रगतमा शुल्क लिइरहेको छ । अब हामी नयाँ सरकारलाई पनि दानमा दिइएको रगत विरामीले निःशुल्क पाउनुपर्छ भनी झक्झक्याने छौं ।”

पाल्चाेकी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष श्यामकृष्ण श्रेष्ठलाई प्रमुख अतिथि सर्वाधिक स्वयंसेवी शतक रक्तदाता एवं नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यद्वारा रक्त संकलन थैली हस्तान्तरण गरि शुभारम्भ गरिएको कार्यक्रममा महिला/पुरूष गरी जम्मा १७ ले रक्तदान गर्नुभएको थियो ।

त्यस्तै आज नै नेपाल स्वयंसेवी रक्तदाता समाजका आजीवन सदस्य धनबहादुर पाण्डे(समीर) काे अध्यक्षतामा नेपाल स्वयंसेवी रक्तदाता समाज सिन्धुपाल्चोक जिल्ला तदर्थ कार्यसमिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्