काठमाडौँ, १५ फागुन : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको छ ।
नेकपा नुवाकोट–काठमाडौँ सम्पर्क समन्वय समितिद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले पछिल्लो समय नेकपा आक्रामक रूपमा अगाडि बढिरहेकाले यस पार्टीप्रति जनताको विश्वास र भरोसा बढ्दै गएको बताउनुभएको हो । “पुरानो दुई दल कांग्रेस र एमाले रक्षात्मक अवस्थामा पुग्दा नेकपाप्रति जनताको विश्वास बढ्दै गएको छ”, उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले नेकपाले अघि सारेका नीति, योजना र कार्यक्रमले मात्र मुलुकको स्वाधिनताको रक्षा र जनहितको पक्षमा काम गर्नसक्ने बताउनुभयो । उहाँले अबको पाँच दिन जनताको घरघरमा पुगेर सम्झाउन सके नेकपा मुलुककै पहिलो राजनीतिक दल बन्ने दाबी गर्नुभयो ।
“नेपाली कम्युनिष्ट पार्टीमात्रै त्यस्तो पार्टी बनेको छ, जुन महाअभियानका रूपमा निर्वाचनमा अगाडि बढेको छ र उभारका रूपमा देखापरेको छ, अन्य पुराना पार्टीहरू रक्षात्मक छन् । हामीमात्रै आक्रामक ढङ्गले अगाडि बढेका छौँ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट नुवाकोट क्षेत्र नं १ मा पूर्वमन्त्री हितबहादुर तामाङ र क्षेत्र नं २ मा हिरानाथ खतिवडा उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस्