काठमाडौँ, ८ फागुन । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता ग्भ्ँब् ऋजबmउष्यलक ीभबनगभ अन्तर्गत प्ले–अफ चरणको पहिलो लेगमा नर्वेको बोडो÷ग्लिम्टले इटालियन दिग्गज इन्टर मिलानविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ३–१ को महत्वपूर्ण जित निकालेको छ । यस नतिजासँगै बोडोले अन्तिम १६ मा प्रवेशका लागि अग्रता बनाएको छ भने इन्टरमाथि दोस्रो लेगमा पुनरागमनको दबाब बढेको छ ।
घरेलु मैदानमा भएको खेलमा बोडोको जितमा फरवार्ड कास्पर होघ निर्णायक साबित भए । उनले एक गोल गर्नुका साथै दुई गोलका लागि उत्कृष्ट पास उपलब्ध गराउँदै टोलीको आक्रमणलाई प्रभावकारी बनाएका थिए । खेलको २०औँ मिनेटमा सोन्द्रे फेटले गोल गर्दै बोडोलाई सुरुआती अग्रता दिलाएका थिए, जसले घरेलु टोलीलाई आत्मविश्वासका साथ खेल अघि बढाउन मद्दत पुग्यो ।
यद्यपि, खेलको ३०औँ मिनेटमा क्ष्लतभच ःष्बिल ले फ्रान्चेस्को पिओ एस्पोसितोको गोलमार्फत खेललाई १–१ को बराबरीमा ल्यायो । पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा भने बोडोले आफ्नो लय कायम राख्दै खेलमाथि नियन्त्रण जमायो ।
खेलको ६१औँ मिनेटमा जेन्स पेटर हाउगेले गोल गर्दै बोडोलाई पुनः अग्रतामा पु¥याए । त्यसको मात्र तीन मिनेटपछि कास्पर होघ आफैँ गोलकर्ताको भूमिकामा उत्रिँदै टोलीलाई ३–१ को सुरक्षित जित दिलाए । यस जितसँगै बोडोले दोस्रो लेगअघि मनोवैज्ञानिक तथा रणनीतिक लाभ हासिल गरेको छ ।
अब दुई टोलीबीचको दोस्रो लेग क्बलमा आयोजना हुनेछ । घरेलु मैदानमा खेल्ने फाइदा इन्टरसँग रहे पनि पहिलो लेगको घाटा उल्ट्याउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्न उसलाई कठिन चुनौती सामना गर्नुपर्ने देखिएको छ ।
यसै चरणअन्तर्गत अन्य खेलहरूमा ःबमचष्म र ऋगिद द्यचगननभ बीचको खेल ३–३ को रोमाञ्चक बराबरीमा सकिएको छ । जर्मन क्लब द्यबथभच ीभखभचपगकभल ले इथिmउष्बअयक लाई २–० ले हराउँदा ल्भधअबकतभि ग्लष्तभम ले त्तबचबदबन माथि ६–० को फराकिलो जित दर्ता ग¥यो ।
यता, इंग्लिस एचझष्भच ीभबनगभ अन्तर्गत शीर्ष स्थानमा रहेको ब्चकभलब िले दुई गोलको अग्रता जोगाउन नसक्दा ध्यखिभचजबmउतयल ध्बलमभचभचकसँग २–२ को बराबरी खेलेको छ ।
खेलको पाँचौँ मिनेटमै बुकायो साकाले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । त्यसपछि ५६औँ मिनेटमा पिएरो हिन्कापिएले अर्को गोल थप्दै टोलीलाई २–० को सशक्त अवस्थामा पु¥याए । तर वुल्भ्सले पुनरागमन गर्दै खेलमा प्रतिस्पर्धा कायम राख्यो। ६१औँ मिनेटमा हुगो बुएनोले गोल गर्दै अन्तर घटाएपछि खेल थप रोमाञ्चक बनेको थियो ।
इन्जुरी समयमा डेब्यु खेलिरहेका टम एडोजीको प्रहार आर्सनलका डिफेन्डर रिक्कार्डो क्यालाफियोरीमा लाग्दै आत्मघाती गोलमा परिणत भएपछि खेल २–२ को बराबरीमा सकिएको हो । यस बराबरीसँगै आर्सनलले अंकतालिकाको शीर्ष स्थानमा आफ्नो अग्रता थप विस्तार गर्ने अवसर गुमाएको छ ।
हाल ५८ अंकसहित शीर्ष स्थानमा रहेको आर्सनल दोस्रो स्थानका ःबलअजभकतभच ऋष्तथ भन्दा पाँच अंकले अगाडि रहेको छ । प्रतियोगिता थप प्रतिस्पर्धात्मक बन्दै गइरहेको अवस्थामा शीर्ष स्थानको दौड आगामी खेलहरूमा अझ रोमाञ्चक हुने संकेत देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्