काठमाडौँ, १३ पुस । नवौं संस्करणको एनभिए भलिबल च्याम्पियनसिपमा महिला तथा पुरुष दुवै तर्फका खेलहरू उत्साहजनक रूपमा विजयी सुरुवात गरेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगितामा साविक विजेता र स्थापित क्लबहरूले विजयी सुरुवात गर्दै आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् ।
महिलातर्फ न्यु डायमण्ड युथ स्पोट्र्स क्लबले शानदार प्रदर्शन गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ । समूह ‘बी’ अन्तर्गत भएको एकतर्फी खेलमा न्यु डायमण्डले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । खेलमा न्यु डायमण्डले २५–१०, २५–५ र २५–१५ को सहज जित निकाल्दै आफ्नो बलियो उपस्थिति देखाएको थियो । अनुभवी तथा व्यवस्थित खेल प्रस्तुत गर्दै न्यु डायमण्डले सुरुवाती खेलमै प्रतिस्पर्धी टोलीहरूलाई स्पष्ट सन्देश दिएको छ ।
न्यु डायमण्डका लागि थप सकारात्मक खबर भनेको स्टार खेलाडी प्रतिभा माली आज स्वदेश आइपुग्ने कार्यक्रम रहेको छ । उनको आगमनपछि टोलीमा आबद्ध हुने सम्भावना रहेको क्लब स्रोतले जनाएको छ । प्रतिभा मालीको सहभागिताले न्यु डायमण्डको आक्रमण तथा समग्र खेलस्तर अझ मजबुत हुने अपेक्षा गरिएको छ ।
सोही समूह ‘बी’ अन्तर्गत अघिल्लो दिन त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै प्रतियोगितामा सुखद सुरुवात गरेको थियो । महिलातर्फको समूह ‘ए’ अन्तर्गत आज एपिएफ क्लब र मधेश प्रदेश खेलकुद परिषद् बीच प्रतिस्पर्धा हुने कार्यक्रम रहेको छ ।
पुरुषतर्फ साविक विजेता टिप टप हेल्प नेपाल स्पोट्र्स क्लबले पनि प्रतियोगितामा विजयी सुरुवात गरेको छ । शुक्रवार उद्घाटन खेलमा हेल्प नेपालले एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै समूह ‘ए’ मा महत्वपूर्ण तीन अंक जोड्न सफल भयो ।
खेलमा हेल्प नेपालले २५–२१, २५–२० र २५–२० को सेट जित्दै अनुभवी टोलीको परिचय दिएको थियो । सन्तुलित आक्रमण र मजबुत डिफेन्सका कारण हेल्प नेपालले खेल आफ्नो पक्षमा राख्न सफल भयो ।
त्यसैगरी पुरुषतर्फ नेपाल पुलिस क्लबले पनि विजयी सुरुवात गरेको छ । पुलिसले ढोरपाटन स्पोट्र्स क्लबलाई ३–१ को सेटमा हराउँदै प्रतियोगिताको पहिलो खेलमा जीत हात पारेको हो । खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो।
तेस्रो सेटमा ढोरपाटनले ३५–३३ को रोमाञ्चक जित निकाल्दै पुलिसलाई कडा चुनौती दिएको थियो । तर बाँकी सेटहरूमा भने पुलिसले आफ्नो अनुभव र संयम देखाउँदै २५–२०, २५–१४ र २५–१४ को जित निकाल्यो ।
महिलातर्फ पनि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले सहज जित निकाल्दै प्रतियोगितामा सशक्त सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई २५–१०, २५–६ र २५–११ को सोझो सेटमा पराजित ग¥यो । दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले एभरेष्ट भलिबल क्लबलाई २५–१६, २५–१४ र २५–२३ ले हराउँदै जीत हासिल ग¥यो ।
नवौं एनभिए भलिबल च्याम्पियनसिपमा महिलातर्फ ८ र पुरुषतर्फ १२ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताबाट महिलातर्फ शीर्ष ६ र पुरुषतर्फ शीर्ष ८ टोली पिएम कप भलिबल लिगका लागि छनोट हुनेछन् । त्यसैले हरेक खेल टोलीहरूका लागि निकै महत्वपूर्ण मानिएको छ । प्रतियोगिताले नेपाली भलिबलको स्तर उकास्ने र नयाँ प्रतिभालाई अवसर दिने विश्वास लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्