काठमाडौं, ६ पुस । आज उपसना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको पाँचौ साधारण सभा तथा दोस्रो महाधिवेशन सिनामंगल स्थित बेबेरी होटलको सभाकक्षमा एक समारोह बीच सम्पन्न भएको छ । कार्यक्रममा ओम अस्पताल संचालकका अध्यक्ष डा।
आनन्द प्रसाद श्रेष्ठले प्रमुख अतिथिको आशनबाट १८४ पटक रक्तदान गरिसक्नु भएका स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई नेवारी परम्परा अनुसार बेतालि लगाई मायाको चिनो स्वरूप करूवा,खादा फूलमाला पहिराई सम्मान पत्र प्रदान गरि सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रोशन भयोद्यको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा अतिथिहरू क्रमशः बिष्णुभक्त मारिखुँ,कृष्णप्रसाद अवाल,दिनेश बहादुर धौबञ्जार र सवीनभक्त जोशी रहनुभएको थियो । संस्थाका प्रतिबेदनहरू सर्वसम्मत पारित गरी नयाँ सञ्चालक समिति समेत चयन गरिएको थियोे ।
जसमा अध्यक्ष रोशन भयोद्य,उपाध्यक्ष शारदा श्रेष्ठ,सचिब रञ्जित मारिखुँ,कोषाध्यक्ष दिपेश बहादुर धौबञ्जार,डा।दिपिका मलहोत्रा,पुकार बगामी र रोसिका जधारी रहनु भएको छ ।
आजकै दिन बेनी समाज काठमाडौंद्वारा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा गोगंबु चोकमा रक्तदान कार्यक्रमको आयोजना गरयो ।
रक्त संंकलन थैली हस्तान्तरण गरि कार्यक्रमको शुभारम्भ गरिएको उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ७१ ले रक्तदान गर्नु भएको थियोे ।
बेनी समाज काठमाडौंका अध्यक्ष प्रदीप श्रेष्ठको सभापतित्वमा सञ्चालित सो रक्तदान कार्यक्रममा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाताहरूलाई प्रमुख अतिथि नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले प्रशंसा(पत्र प्रदान गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्