मुख्यमन्त्री कार्यकक्षमा तोडफोड

काठमाडौं, २४ कात्तिक । मधेश प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त विवादलाई लिएर मुख्यमन्त्रीको कार्यकक्षमा तोडफोड भएको छ । आज बिहानै कांग्रेस सहितका सांसदहरू कार्यालयभित्र पुगेर कार्यकक्षमा तोडफोड गरेका हुन् ।
एकजना सांसदले नेपालको राष्ट्रिय झन्डा निकालेर फालेका छन् भने अर्का सांसदले कुर्सी फालेका हुन् । झन्डा फाल्ने कांग्रेसका प्रदेश सांसद वीरेन्द्र कुमार सिंह हुन् ।

मधेशको प्रदेश प्रमुख कार्यालय अगाडि पनि तोडफोड भएको छ। प्रदेश प्रमुख सुमेत्रा सुवेदी भण्डारीको राजीनामाको माग गर्दै नेपाली कांग्रेस, जसपा, लोसपा सहितका प्रदेश सांसद र कार्यकर्ताहरूले तोडफोड गरेका हुन् । तोडफोडबाट कार्यकक्षमा सामान्य क्षति पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्