बन्दै ‘कंगाल करोडपति’

काठमाडौं, २० कात्तिक । फिल्म ‘कंगाल करोडपति’ बन्ने भएको छ ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबा बीच यो फिल्म निर्माण घोषणा गरिएको हो । फिल्म ‘होस्टेल ३’ बाट दर्शकमाझ चिनिएको खलनायक उमर खानलाई लिएर यो फिल्म बनाउन लागिएको हो । पाठशालाको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई राजु श्रेष्ठले निर्देशन गर्ने भएका छन् ।

यो फिल्मबाट श्रेष्ठले डेब्यु निर्देशन गर्न लागेको हो । यस फिल्ममा कलाकार उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिने भएका छन् । यस फिल्ममा भरपुर कमेडी रहने निर्माण पक्षले जनाएका छन् । फिल्मको नाम नै कंगाल करोडपति रहेको छ । यो फिल्ममा धेरै नै कमेडी रहेको कुरा यसबाट दर्शकले पनि सहजै अनुमान लगाउन सक्ने आकलन निर्माण पक्षको रहेको छ । हिजो आज हलहरुमा नेपाली फिल्मले पनि आफ्नो स्थान बनाउन थालेको छ ।

नेपाली सिनेमाले एकपछि अर्को सुपरहिट फिल्म दिँदै आएको छ । फिल्म ‘१२ गाँउ’ पनि लगातार कयौ फिल्महरु सुपरडुपर हिट भएको । हालै प्रर्दशनमा रहेको फिल्म ‘परान’ ले आफ्नो शो थपेको छ । फिल्म ‘परान’ ले पनि दर्शकमाझ निकै नै लोकप्रिय हुदै गएको छ ।

दर्शकले निकै नै माया गरेको देखिन्छ । फिल्मको कथावस्तु आफ्नो समाज परिवेशसँगै मिल्ने भएपछि दर्शकहरु हलसम्म आएर फिल्म हेर्ने गरेको छ । हलहरुमा फिल्म ‘परान’ ले चर्चा बटुलेको छ । हलहरु हाउसफुल रहेको अवस्था छ ।

यसले नेपाली फिल्म हेर्ने दर्शक पनि छन् भन्ने प्रस्ट हुन्छ । कथावस्तुले अपनत्व महसुश गराउन सकेको खण्डमा नेपाली सिनेमाले पनि राम्रै व्यापार गर्न सक्ने प्रमाणित गरेको छ ।
डेढ करोड लगानी अनुमान गरिएको सिनेमाको छायांका अगामी फागुन महिनादेखि सुरु हुने छ । कैफ खान निर्माता रहेको सिनेमामा सुमन गजमेरको कथा, पटकथा तथा संवाद लेखन छ । उनले यसअघि ‘रंगी’ लेखेका थिए । सिनेमामा मनोज केसी कार्यकारी निर्माताको रूपमा छन् ।

प्रतिक्रिया दिनुहोस्