फिल्म ‘हर्ष’ मंसिर १२ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं, १९ कात्तिक । फिल्म ‘हर्ष’ मंसिर १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्म ‘हर्ष’को २ मिनेट ५१ सकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो ।

सिनेमाका प्रायः सवै कलाकारलाई स्थान दिएको ट्रेलरले कथावस्तुका बारेमा प्रकाश पारेको छ । एक परिवारमा छोराको विवाहपछि आउँने उतार चढाव ‘हर्ष’को ट्रेलरमा देख्न सकिन्छ । जसले दर्शकमाझ सिनेमाप्रति उत्साह पैदा गर्ने देखिन्छ ।

लामो समयपछि नेपाली सिनेमामा पारिवारिक कथाले स्थान पाउन थालेको ‘हर्ष’को प्रचार सामाग्रीले देखाएको छ । निर्देशक एकता पौडेलले नेपाली सिनेमामा पारिवारिक सिनेमाको ट्रेण्ड घट्दै गएकाले पनि आफुले यो विधा रोजेको बताइन्

न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

सिनेमामा खगेन्द्र, वर्षा र साइमनसहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापितको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ । अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो ।

प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

प्रतिक्रिया दिनुहोस्