काठमाडौं, १२ कात्तिक । कात्तिक २१ गते रिलिज हुने ’जारी २ ः सङ् अफ च्याब्रुङको ट्रेलरझसार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङ बाधक रुपमा प्रस्तुत गरिएको छ ।
’जारी २झले छोरीको जाय जन्मपछि फेरि यी दुईजनाबीच आउने फाटोलाई सिनेमाको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ । दया र मिरुनाका अलावा विजय बरालको वैभाविक सेरोफेरोको कथाले पनि दर्शकलाई यो सिनेमा हेर्न प्रेरित गर्नेछ । ट्रेलरमा उनको पाटोले सिनेमामा डार्क ह्युमर देखिन्छ ।
तीन मिनेट ५२ सेकेन्ड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ । यस हिसाबले यो सिनेमा दर्शकका लागि सुरुचिपूर्ण हुने अनुमान गर्न सकिन्छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित फिल्मलाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।
सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ । सिनेमामा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष सर्बाधिक व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ ।
‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर फिल्म हो । सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ ।
यसअघि पहिलो पटक कात्तिक ६ गतेलाई नयाँ प्रदर्शन मिति बताइए पनि अब भने यो फिल्म कात्तिक २१ गतेमात्र प्रदर्शन हुने भएको छ । फिल्मको निर्माण टिमले बुधवार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी कार्तिक २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्मको सार्वजनिक भएका दुई पोस्टरमध्ये पहिलो पोस्टरमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवैलाई पोस्टरमा परम्परागत लिम्बु पहिरनमा खुशी मुद्रामा देख्न सकिन्छ ।
दोस्रो पोस्टरमा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ तथा विजय बराललाई अटाइएको छ । सार्वजनिक भएका यी दुवै पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटोको सेरोफेरोमा फिल्मले कथा पस्कने बुझ्न सकिन्छ । फिल्मका यी पोस्टरले एउटा अद्भुत कथा पर्दामा पस्किने सहज अनुमान गर्न सकिन्छ ।
छठ पर्वको अवसरमा सार्वजनिक गरिएको झन्डै चार मिनेट लामो ट्रेलरले श्रीमान्–श्रीमतीको झगडाले निम्त्याउने पारिवारिक जटिलतालाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरेको छ । ट्रेलरमा लिम्बू समुदायको सांस्कृतिक पहिचान च्याब्रुङको महत्वलाई पनि केन्द्रमा राखिएको छ ।
फिल्ममा दयाहाङ राई र मिरुना मगर श्रीमान्–श्रीमतीको भूमिकामा छन् । ट्रेलरको सुरूमा उनीहरूको सम्बन्ध प्रेमपूर्ण देखिनुका साथै पारिवारिक सन्तुलन राम्रो देखिन्छ । तर, क्रमशः झगडा र मनमुटाव बढ्दै जाँदा पारिवारिक विग्रह उत्पन्न हुन्छ । फिल्मले विवाहिक जीवनका चुनौतीलाई मुख्य कथावस्तुको रूपमा प्रस्तुत गरेको संकेत ट्रेलरले दिएको छ ।
प्रतिक्रिया दिनुहोस्