मानव जीवनमा रक्तदाताहरूलाई उत्प्रेरित उराउँने रक्तदान जागरणकाे नयाँ गीत रेकर्डिङ सम्पन्न

मानव जीवनमा रक्तदाताहरूलाई उत्प्रेरित उराउँने रक्तदान जागरणकाे नयाँ गीत आज रेकर्डिङ सम्पन्न भयाे ।
गीतकाे बाेल :
रगतकाे दान रक्तदान हुन्छ यसले जीवनदान
जीवनकाे दान जीवनदान हुन्छ जहाँ रक्तदान
जहाँतहीं जताततै सबले सबैले गराैं रक्तदान

स्वस्थ व्यक्ति स्वच्छ रगत गर्दा राम्रो रक्तदान
यसैमा छ मानव सेवा नचुकाैं है गर्न रक्तदान
जहाँतहीं जताततै सबले सबैले गराैं रक्तदान

दान पारमितामा महादानलाई बुझाैं रक्तदान
सञ्चार गराैं रगत एकअर्कामा गरेर रक्तदान
जहाँतहीं जताततै सबले सबैले गराैं रक्तदान

गायिका : नेपाल आईडल सिजन छ का बिजयता गंगा साेनाम
वरिष्ठ संगीतकार : मनराजा नकर्मी
रचना : सर्वाधिक स्वयंसेवी शतक रक्तदाता : प्रेमसागर कर्माचार्य
एरेन्जर : अष्ट लामा
रेकर्डिस : जुगल डंगोल
स्टुडियो : आटो म्युजिक,पुतलीसडक ।

प्रतिक्रिया दिनुहोस्