तक्मेबुढाको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज

 

काठमाडौं, ३० असोज । विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘मैझारो’को ट्रेलर रिलिज भएको छ ।
तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । यो सिनेमा पूर्वी पहाडको जीवनशैली, संस्कृति र प्रेमकथामा आधारित रहेको जनाइएको छ ।

ट्रेलर रिलिज अघि निर्माण टिमले दुई वटा गीत रिलिज गरिसकेको छ । एउटा लभ सङ रहेको थियो भने अर्को पूर्वतिर खुबै नाचिने नाच साकेला थियो। यतिबेला यसले निकै हाइप लिइरहेको छ ।

निर्देशक राईकै कथा रहेको यो सिनेमा पूर्वको इलाम, पाँचथर आसपासमा खिचिएको हो ।

ट्रेलरमा सिनेमाका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। जसमा निर्देशक विल्सन आफैले अभिनयमा देखिन्छन् ।

निर्देशक राईकै कथा रहेको यो फिल्ममा पुर्वको इलाम पाँचथर आसपासमा खिचिएको हो। तक्मे प्रोडक्सनको व्यानरमा निर्माण भएको यो फिल्ममा धिरज,मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय रहेको छर
यो सिनेमा का गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन्।

 

गायनमा राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारी लगायतको स्वर रहेको छ । सौरभ लामाले छायांकन गरेको यस सिनेमा को वितरणको जिम्मा आरआर फिल्म्सले लिएको छ । डिजिटल अधिकार भने ओएसआरले लिएको छ ।

सिनेमा तिहारको भाइटीका अर्थात कातिक ७ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

फिल्म ‘मैझारो’को प्रचार प्रसार सुरु भएको छ । निर्माण टिमले पूर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ । यतिबेला पूर्वका अधिकांश इ–रिक्साका साथै अटो मैझारोमय भएको देखिन्छ ।

गायक तथा हाँस्य कलाकारसमेत रहेका फिल्मका निर्देशक तथा निर्माता विल्सन विक्रम राईले आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन कसिएका हुन् । उनी आफ्नै सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई हँसाउदै सांगीतिक धमाका दिँदैछन् ।

उनीसँग राई इज किङ गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङका साथै फिल्मका मुख्य कलाकारहरूको बेजोड प्रस्तुति रहनेछ । धरानमा फिल्मको प्रचारका रुपमा कन्सर्टको आयोजना गरिएको थियो । जहाँ हजारौँ धरानबासीको उपस्थिति रहेको थियो ।

 

आफ्नै गृह जिल्लामा यस फिल्मका निर्देशक विल्सन विक्रम राईको टिमले सांगीतिक प्रस्तुति दिएको छ । निर्माण पक्षले झापाको बिर्तामोड, दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी, धरानमा सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

‘फिल्म मैझारोको व्यापक प्रचारमा लागेका छौँ,’उनले भने,‘दर्शकलाई मनोरञ्जनका साथै फिल्म हलमा लाग्न लागेको जानकारी दिनका लागि यो कार्यक्रमको आयोजना गरेका हौँ। यो नौलो तरिका पनि हो।’

यसअघि यो फिल्मको प्रचारसामाग्री पोस्टर, दुईवटा गीत र टिजरले दर्शकको मन जिति सकेको छ । तर निर्देशक यतिप्रसारमा नपुग्ने भन्दै उनी सांगितिक कार्यक्रममार्फत आफ्नो फिल्मलाई दर्शकमाझ पुर्याउन होमिएका हुन् । उनको यो डेब्यु निर्देशन पनि हो ।

प्रतिक्रिया दिनुहोस्