कलिउडका चर्चित नायकहरुको दोश्रो बिवाह 

नरेन्द्रमान श्रेष्ठ
काठमाडौँ, २८ असोज । चलचित्र क्षेत्र भनेको फेशन र ग्लामरको क्षेत्र हो । यसकारणले पनि चलचित्र क्षेत्रप्रति धेरैको आकर्षण रहेको पाइन्छ । त्यसोत चलचित्र क्षेत्र भनेको मनोरजनको क्षेत्र पनि हो ।
 त्यसैगरि चलचित्र क्षेत्रलाइ उधोग ब्यापार ब्यबसायको पेशाको रुपमा पनि लिने गरेका छन ।  नेपालमा चलचित्रको निर्माणको थालनि भएको लगभग ६ दशक भैसकेका छन । यस अबधिमा नेपालमा धेरै चलचित्रहरु निर्माण भइसकेका छन भने धमाधम निर्माण पनि भइरहेका छन । यस अबधिमा चलचित्र क्षेत्रमा धेरै नायकहरु पनि देखा परिसकेका छन । त्यसोत नेपालका प्रथम नायक स्व शि शंकर मानान्धर हुन ।
त्यसो त कतिपय नायकहरु चर्चिात पनि भएका छन भने कतिपय नायकहरु बिभिन्न कारणहरुले चर्चामा आउने गरेका छन । कतिपय नायकहरु आफ्नो ब्यक्तिगत कारणले पनि चर्चामा आउने गरेका छन ।
त्यस्तै आफ्नो ब्यक्तिगत बिवाहको कारणले पनि कतिपय नायकहरु चर्चामा रहने गरेका छन । कतिपय नायकहरले दोश्रो बिवाह पनि गरेका छन । त्यसैगरि दोश्रो बिवाहको कारणले  थुप्रै  नायकहरु चर्चामा  आउने गरेका छन ।
नायक कृष्ण मल्लले दोश्रो बिवाह गरेका छन । रेडियो रंगमन्चतथा चलचित्रका कलाकार नायक कृष्ण मल्लले चलचित्रकि नायिका शर्मिला शाहसंग दोश्रो बिवाह गरेका हुन ।
कलिउड चलचित्र बासुदेबमा पहिलो पल्ट नायक भएर अभिनय गरेको कृष्ण मल्लले कलाकार शिखा कार्कीसंग पहिलो बिवाह गरेको थियो । त्यसो त कृष्ण मल्ल चलचित्रमा आउन भन्दा पहिले नै आफ्नो पुर्खौलि थलोमा पहिले नै बिवाह गरिसको भनेर पनि भन्ने गरिन्छ ।
त्यसैगरि ४० दशकका नायक भुवन केसिले पनि दोश्रो बिवाह गरेका थिए । गायकबाट नायक बनेको भुवन केसिले चलचित्रकि कलाकार शुष्मिता बजमनसंग दोश्रो बिवाह गरेका थिए ।
 तर भुवन केसिको पहिलो बिवाह बिगतमा नेपाल टेलिजिनकि अग्रेजी मा समाचारवाचिका बिजया मल्लसंग भएको थियो । बिजया केसिसंग पारपाचुके पछि शुष्मिाता केसिसंग दोश्रो बिवाह गरेका थिए ।
तर भुवन केसिको दोश्रो बिवाह पनि सफल हुन सकेन कलाकार शुष्मिता बजमनसंग पनि पारपाचुके भएको थियो भने पछिल्लो समयमा नायिका जिया केसिसंग प्रेम रिलेशनमामा रहेको चर्चा छ ।
 त्यसैगरि दोश्रो बिवाह गर्ने कलिउडका चर्चित नायक हुन शिव श्रेष्ठ । नेपालमा मात्र नभइ पाकिस्तानको चलचित्रमा समेत नायक भएर काम गरेका नायक शिव श्रेष्ठले पनि आफु भन्दा निकै कम उमेरकी सृजना श्रेष्ठसंग दोश्रो बिवाह गरेका थिए ।
४० को दशकमा चलचित्र जिवन रेखाबाट चलचित्रमा प्रबेश गरेको नायक शिव श्रेष्ठको पहिलो बिवाह गंगा श्रेष्ठसंग भएको थियो । गंगा श्रेष्ठसंगको सम्बन्ध बिच्छेद पछि नायक शिव श्रेष्ठले सृजना श्रेष्ठसंग दोश्रो बिवाह गरेका थिए ।
त्यसो त दोश्रो बिवाह गर्नेहरु चलचित्रक्षेत्रका मात्र नभइ हाम्रो समाजमा पनि नभएको होइन तर चलचित्र क्षेत्रका कलाकारहरु मिडियामा रहिरहने भएको कारणले यिनिहरुको हरेक गतिबिधिको चर्चा भइरहने गरेका छन ।
 चलचित्र क्षेत्रकम कलाकार भनेका सेलिब्रिटि हन । यसकारणले पनि मिडियाहरुको यिनिहरु माथि छड्के आाखा परिरहेन्छ । त्यसैगरि रंगमन्च गायन संगित हास्यब्यङ्ग क्षेत्रका चर्चिात कलाकार बरिष्ठ हास्य कालाकार हरिबंश आचार्यले पनि दाश्रो बिवाह गरेका छन ।
हास्यब्यङ्ग कलाकारको रुपमा चर्चित कलाकार हरिबश आचार्यले केहि चलचित्रहरुमा नायक भएर पनि अभिनय गरेका छन र पहिलो पल्ट चलचित्र बलिदानमा नायकको भएर अभिनय गरेका कलाकार हरिबंश आचार्यले रमिला पाठकसंग दोश्रो बिवाह गरेका हुन  । कलाकार हरिबंश आचार्यको पहिलो श्रिमति मीरा आचार्यको निधन पछि दोश्रो बिवाह गरेका हुन ।
 त्यसैगरि दोश्रो बिवाह गर्ने कलिउड नायकमा नायक निखिल उप्रेती पनि हुन । नायक निखिल उप्रेतिले नायिका संचिता लयटेलसंग दोश्रो बिवाह गरेका छन । त्यसो त नायिका संचिता लुइटेलको पनि निखिल उप्रेतिसंगको बिवाह दौश्रो नै हो । नायक निखिल उप्रेति चलचित्र क्षेत्रमा एक्शन नायकाको रुपमा चर्चित छन नायक निखिल उप्रेतिले चलचित्र पिंजडाबाट चलचित्रमा प्रबेश गरेका थिए ।
९० को  दशकमा बलिउड चलचित्रको चर्चित गायक उदित नारायण झाले पनि दोश्रो बिवाह गरेका थिए ।  नायक उदित नारायण झाको दोश्रो बिवाह गायिका भारति गजमेरसंग भएको छ भने पहिलो बिवाह रंजना झासंग भएको थियो ।
त्यसो त बलिउडमा पनि निकै लोकप्रिय चर्चित गायक उदित नारायण झाले आफुलाइ भारतिय भन्न रुचाउछन । तर पनि गायक उदित नारायण झाले कलिउड चलचित्रहरुमा पनि नायक भएर अभिनय गरेका छन । नायक तथा गायक उदित नारायण झाले कलिउड चलचित्रहरु कुसुमे रुमाल र पिरतिमा नायक भएर अभिनय गरेका थिए ।
त्यसो त उदित नारायण झाले आफुलाइ भारतिय भन्ने गरेता पनि गायक उदित नारायणले नेपाल सरकारको छात्रबृद्धिबाट भारतमा संगितको अध्ययन गर्न मौका पाएका थिए ।
त्यसो त दोश्रो बिवाह  गर्ने धेरैजसो कलाकारहरुको दाम्पत्य जीवन सफलनै मान्नु पर्दछ । तर भुवन के सिको दोश्रो बिवाह भने असफल भएको थियो । त्यसो त कलिउड चलचित्र क्षेत्रमा दोश्रो बिवाह गर्ने मात्र नभइ चौथौ बिवाह गर्ने पनि नभएका होइनन । चलचित्र क्षेत्रमा बा उपनामले चर्चित कलाकर्मि निर्माता छवि ओझाले चार चार पल्ट बिवाह गरेका थिए ।
निर्माता छवि ओझालाइ आफ्नो चलचित्रकि नायिकाहरुसंग बिवाह गने निर्माता भनेर पनि भन्ने गरेका छन चलचित्र क्षेत्रमा । निर्माता छवि ओझाले हेमा ओझा , नायिका गीता सुनार यानी गितान्जली, कलिउडकि चर्चित नायिका रेखा थापा र नायिका शिल्पा पोखरेल संग बिवाह गरेका थिए ।
तर छवि ओझाको ४ वटि श्रीमतिसंगको बिवाह भने सफल हुन सकेन । नायिका गितान्जलीको दर्घटनामा परि निधन भएको थियो भने अरु ३ वटिसंग छवि ओझाको पारपाचुेके भएको थियो ।

प्रतिक्रिया दिनुहोस्