काठमाडौँ, २७ असोज । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । आइतबार भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अदालत संसद् पुनस्र्थापनाका लागि अदालत जाने निर्णय भएएको जानकारी दिनुभएको छ । ‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन् । यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनस्र्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ,’ ज्ञवालीले भन्नुभयो ‘अदालत खुलोस्, अनि हामी जान्छौं ।’
यसैबीच, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले सकुन्जेल पार्टी नेतृत्व नछाड्ने बताउनु भएको छ । एमाले जिल्ला अध्यक्षहरुका लागि आयोजना गरिएको भर्चुअल बैठकमा ओलीले तत्काल नेतृत्व नछाड्ने बताउनु भएको हो । एक जिल्ला अध्यक्षका अनुसार ओलीले आफूसँग अडान, विचार र दृष्टिकोण राख्ने सामथ्र्य हुँदासम्म पार्टी नेतृत्व नछाड्ने बताउनुको छ ।
प्रतिक्रिया दिनुहोस्