बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा

 

काठमाडौं, २४ असोज । दसैँको फूलपातीमा एकै दिन रिलिज भएका तीनवटा फिल्ममा ‘बलिदान’ सबैभन्दा अगाडि देखिएको छ । बक्स अफिस कलेक्सनमा ‘बलिदान’ एक नम्बरमा रहेको छ ।

चलचित्र विकास बोर्डले बुधबार आठ दिनको बक्स अफिस कलेक्सन सार्वजनिक गरेको छ । बोर्डको बक्स अफिस रिपोर्ट अनुसार सबैभन्दा धेरै ‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ ।

यो बक्स अफिसमा जडान भएका हलको मात्रै तथ्यांक हो । सिंगल थिएटर र बक्स अफिसमा जडान नभएका हलको कलेक्सन भने बाहिर आएको छैन ।

चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतको अभिनय छ। यसको निर्माता पवन ब्राडफोर्ड र कार्यकारी निर्माता प्रेम पुरी हुन् । ‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् ।

समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी, सन्तोष सेन पनि मुख्य भूमिकामा छन् । सन्तोष सेनले निर्देशन गरेका छन् । दिपेन्द्र कुमार खनालले निर्देशन गरेका छन् ।‘

बक्स अफिस कलेक्सनमा दोस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’ छ । यसले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ । ‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

तेस्रो स्थानमा रहेको ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ । माइतीघर’मा धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

मिलन तामाङले निर्देशन गरेका छन् । यी तीनवटा चलचित्र असोज १३ गते फूलपातीका दिन रिलिज भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्