फिल्म ‘मैझारो’ कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने

 

काठमाडौं, २३ असोज । कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म ‘मैझारो’ को दोस्रो गीत ‘साकेला नाचौ ’रिलिज भएको छ ।

निर्माण पक्षले सिनेमाको प्रदर्शन मिति नजिकिदै गर्दा दोस्रो गीत रिलिज गरेको हो । राजेश पायल राई र मेलिना राईको स्वर रहेको यो गीतमा शब्द रचना पदम साधना कुलुङ। संगीत भने तोरेम्पाहाङ राईले भरेका छन् ।

नेपालको पुर्वी जिल्लामा रहेका राई समुदायले आफ्नो पर्वको रुपमा साकेला नाच राख्दै आएका छन् । किराँतहरूले उधौली र उभौलीको समयमा साकेला नित्य गर्ने गरिन्छ ।

निर्माण पक्षले बडादसैंको घटस्थापनाको दिन पारेर सिनेमाको टिजर रिलिज गरेको थियो । सार्वजनिक भएको टिजरमा सिनेमाका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ ।

इलामको दृश्यसँगै गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा चिया टिप्न ढोको बोकेकी मिरुना मगरलाई डोको बोकेको देख्न सकिन्छ ।

सायद उनी चिया बगानमा चिया पत्ती टिप्ने काम गरेकी हुन कि भन्ने बुझिन्छ । धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ । तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् ।

 

धेरै जसो दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई)भन्ने वितिक्कै कमेडी शैलीको सिनेमा निर्माण गर्लान् भन्ने लागेको हुनुपर्छ । तर उनले कमेडी टिजर अथवा कमेडी शैलीको सिनेमा बन्ला भन्ने सोचेको भन्दा बिल्कुलै फरक तरिकाले मौलिक प्रेमकथामा सिनेमा निर्माण गरेका छन् भन्न फरक नपर्ला ।

किनभने सार्वजनिक भएको टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्धहरू देखाइएको छ । जसले गर्दा विल्सन विक्रम राईलाई यस सिनेमा नै निर्देशकको एउटा राम्रो छाप छोड्छ भन्ने कुरामा दुविधा नहोला । किनभने उनले निर्माण गरेको यस सिनेमा नेपाली माटोको कथा भन्न निकै सिपालु देखिएका छन्। उनको काम टिजरसम्म अब्बल देखिन्छ ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा ‘मैझारो’लाई निर्देशक राईकै कथामा निर्माण गरिएको हो । सिनेमामा धिरज, मिरुना र दियाका साथमा दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ ।

यो फिल्मका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ।

प्रतिक्रिया दिनुहोस्