फिल्म ‘अभिमन्यु ः च्याप्टर १’ प्रदर्शन मिति पुनः हेरफेर

 

काठमाडौँ, २२ असोज । फिल्म ‘अभिमन्यु ः च्याप्टर १’ प्रदर्शन मिति पुनः सरेको छ । देशको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमल फिल्म प्रदर्शनको मिति हेरफेर गरेको हो ।

यसअघि भदौ २७ असोज १३ र फेरी असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो फिल्म अब भने कार्तिक २१ गते (नोभेम्बर ७) बाट दर्शकमाझ आउने भएको छ । फिल्मका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन् ।

दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा फिल्म प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ । उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन् ।

‘अभिमन्यु ः च्याप्टर १’ नेपाली दर्शकका लागि मात्र नभई विश्वभरका दर्शकका लागि लक्षित छ । फिल्म नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका फिल्म घरहरूमा प्रदर्शन गरिनेछ ।

 

यसका साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ । यसले चलचित्रलाई बृहत् दर्शकमाझ पु¥याउन मद्दत पुग्ने विश्वास गरिएको छ ।

सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको ‘अभिमन्यु ः च्याप्टर १’ मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल लगायत कलाकारहरू मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् भने मदन थापा क्रिएटिभ निर्देशकका रूपमा रहेका छन् । यस फिल्ममा मुकेश खनालको लेखन रहेको छ ।

फिल्म ‘अभिमन्यु ः च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । फिल्मको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् । शरद महतोको डिओपी रहेको यस फिल्ममा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

भिओथ्रीबाट एआइले नेपाली भाषामा समेत भिडियो बनाउने सुविधा दिएसँगै अहिले टिकटक लगायतका प्लेटफर्महरूमा रमाइला भिडियोहरूको संख्या बढेको छ । ताल तालका क्यारेक्टरले नेपाली बोल्दा कतै साँच्चिकै पात्र त हैन भन्नेसम्मको भान दिन्छ ती भिडियोका पात्रहरूले ।

फिल्म ‘अभिमन्यु ः च्याप्टर–१’को टिमले पनि निःशुल्क प्रयोग गर्न सकिने त्यसैको उपयोग गर्दै अहिले आफ्नो फिल्मको प्रचार सुरु गरेको छ । उसले फिल्म प्रचारमा हिममानव यतिदेखि अन्य पात्रहरूको समेत प्रयोग गरेको छ ।

‘अभिमन्यु ः च्याप्टर–१’ को टिमले फिल्म भदौ २७ मा रिलिजको तयारी गरेको छ । ‘अभिमन्यु ः च्याप्टर–१’को प्रचारमा पूर्णबहादुरको सारंगीको ब्रान्ड भ्यालुको समेत प्रयोग गरिएको छ । यी दुवै फिल्मको निर्माता एकै हुन् ।

प्रतिक्रिया दिनुहोस्