 
                        
काठमाडौँ, २० असोज । इङ्लिस प्रिमियर लिगमा चेल्सीसँग लिभरपुल पराजित भएको छ । विलियन एस्टेभाओले इन्ज्युरी समयमा निर्णायक गोल गरेपछि शनिवार चेल्सीले लिभरपुललाई २–१ ले हराएको हो ।
यो जितसँगै चेल्सी प्रिमियर लिगको अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ । प्रिमियर २सहित लगातार ३ खेल हारेको लिभरपुल शीर्ष स्थानबाट झरेर दोस्रो स्थानमा पुगेको छ ।
त्यसअघि नै आर्सनलले वेस्ट हम युनाइटेडलाई २–० ले हराउँदै लिगको शीर्ष स्थान उक्लिएको थियो । त्यसैले लिभरपुललाई शीर्षमा फर्कन चेल्सीलाई हराउनै पर्ने थियो ।
तर खेलमा परिस्थिति उल्टियो। चेल्सीका मोइसेस कैसिडोले १४ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि लिभरपुलका कोडी गाक्पोले ६३औं बराबरी गोल गर्दै खेल १–१ बनाए ।
अन्त्यतिर चेल्सीका एन्जो फर्नान्डेजले सुनौलो मौका गुमाउँदा लिभरपुल भाग्यशाली बन्ने संकेत देखिएको थियो । तर खेलको इन्ज्युरी समयको पाँचौं मिनेटमा एस्टेभाओले मार्क कुकुरेल्लाको क्रसमा गोल गर्दै चेल्सीको जित निश्चित गरे ।
लिभरपुल प्रिमियर लिगमा गत साता क्रिस्टल प्यालेससँग र साताको मध्यमा गालातासारेविरुद्ध च्याम्पियन्स लिगमा पराजित भएको थियो । अब लिभरपुल आर्सनल (१६ अंक) भन्दा एक अंकले पछाडि परेको छ ।
शनिवार नै प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सन्डरल्यान्डलाई २–० ले हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ । युनाइटेडको जितमा मासोन माउन्ट र बेन्जामिन सास्कोले गोल गरे ।
मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले लिड्स युनाइटेडलाई घरेलु मैदानमा २–१ ले हराएको छ । टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे ।
लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे। चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ । लिड्ससँग भने ८ अंक मात्र रहेको छ ।
यस्तै, इङ्लिस प्रिमियर लिग (इपिएल) मा आर्सनल जित निकालेको छ । आइतबार आर्सनलले वेस्टहम युनाइटेटलाई २–० ले हरायो । आर्सनलको जितमा डेक्लान राइस र बुकायो साकाले गोल गरे ।
खेल अवधिभर दबाब बनाएको आर्सनलले ३८ औं मिनेटमा अग्रता बनायो । वेस्टह्यामले गतिलो पोष्ट चार्ज समेत गर्न सकेन । पहिलो हाफमा आर्सनल १–० को अग्रता बनाउन सफल रहयो । वेस्टहम दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन ।
यता आर्सनलले खेलको ६७ औं मिनेटमा प्राप्त पेनाल्टीमा साकाले गोल गरे । यो सँगै आर्सनलले २–० को सहज जित निकाल्यो । साकाले खेलेको यो २ सयौं प्रिमियर लिग खेल हो । जहाँ उनले ५५ गोल र ४५ असिस्ट गरेका छन् ।
यस्तै, मोहम्मद कुदुसको एक गोल र अर्को असिस्टमा टोटनहमले इङ्ल लिड्स युनाइटेडलाई घरेलु मैदानमा २–१ ले हराएको छ । टोटनहमको जितमा अर्को गोल माथिस टेलले गरे ।
लिड्सको लागि नोआ ओकाफोरले सान्त्वना गोल गरे । चौथो जित निकालेको टोटनहमसँग १४ अंक रहेको छ । लिड्ससँग भने ८ अंक मात्र रहेको छ ।
प्रतिक्रिया दिनुहोस्