एक्सन फिल्म ‘बलिदान’ को उत्साहजनक व्यापार

 

काठमाडौं, २० असोज । फूलपातीबाट रिलिज भएको फिल्म ‘बलिदान’ ले उत्साहजनक व्यापार गरिरहेको छ । देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ । समीर भट्ट स्टारर फिल्म ‘बलिदान’ले दर्शकको तारिफ पाएको छ ।

समीर भट्टको एक्सन, राष्ट्रियता र आमाप्रतिको प्रेमलाई दर्शकले रूचाइरहेका छन् । समीरले ‘बलिदान’ एक्सन मात्रै नभएर माटो र आमाको कथा भएको बताएका छन् । यसलाई दर्शकले मन पराइरहेका छन् ।

समीरलाई कम्प्याक्ट हिरो भन्दै उनको तारिफ गरिरहेका दर्शकले उनको एक्सनको खुलेर प्रशंसा गरिरहेका छन् । बलिउड स्तरको एक्सन फिल्म ‘बलिदान’मा समीरले गरेको दर्शकले बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हलहलमा पुगेका समीरलाई दर्शकले उनलाई अगाडि राखेर तारिफ गरिरहेका छन् ।

दर्शकले आमा र राष्ट्रियता रक्षाका लागि फिल्ममा गरेको संघर्षलाई विशेष रुपमा मन पराएको पाइएको छ । समीरले पनि हरेक आमाले ‘बलिदान’ रिलेट गरिरहेको बताएका छन् ।

मातृभूमिप्रति गद्धारी गर्ने र आफ्नी आमाको अस्मितामा आँखा लगाउनेमाथि समीरले लिएको बदलाले दर्शकको मन जितेको छ । ‘आमाका लागि बाबुले जे गर्नुभयो त्यसले रुवायो ।

हरेक आमाले चाहेको बाबुजस्तै हो छोरो हो’ भन्दै वृद्धावृद्धा महिलाले समीरलाई अंकमाल गरेर रुँदै गरेको र तस्बिर खिचाइरहेका भिडियोहरू अहिले सामाजिक सञ्जालमा देखिइरहेका छन् ।आमाका लागि ज्यान सर्मित गर्ने समीरको क्यारेक्टरलाई लिएर वृद्धवृद्ध महिलाहरू हल पुगेर ‘बलिदान’ हेरिरहेका छन् ।

हलमा पुगेका दर्शकले समीरसँग तस्बिर र सेल्फी खिचेको देख्दा उनका फ्यान वृद्धवृद्धादेखि टिनेजरहरू धेरै रहेको देखिएको छ । यो समीर आफैँले पनि बताएका छन् ।

‘म यसअर्थमा भाग्यमानी छु, जो मेरो बाबाका फिल्म हेर्नुभयो उहाँहरूले पनि मलाई मया गरिदिनुभएको छ । वृद्ध आमाहरूले पनि आमाका लागि लड्ने छोरो भनेर माया गरिदिनुभएको छ,’ समीर भन्छन्, ‘सानासाना बच्चाहरूले पनि मेरो फिल्म हेरेर मलाई माया गरिदिनुभएको छ । यो विश्वासले मलाई थप जिम्मेवारी थपेको छ ।’

दर्शकले देखाएको माया र सबै उमेरका दर्शकले फिल्म मन पराइदिएकाले ‘बलिदान’ लामो समयसम्म चल्ने उनको विश्वास छ । यो विश्वास पहिला पनि रहेको र अहिले पनि रहेको उनले बताएका छन् ।

सबै खालका दर्शकले फिल्म मन पराउनु ‘बलिदान’को सफलता भएको उनले बताएका छन् । दर्शकको प्रतिक्रिया नै आफ्नो पनि प्रतिक्रिया भएको समीरले बताएका छन् ।

फिल्म ‘बलिदान’को क्लाइमेक्ससहित अन्य एक्सन सिनको भरपुर तारिफ भइरहेको छ । फिल्मले दर्शकलाई बोर कतै पनि नगराउने निर्माण टिमले दर्शकबाट वर्ड अफ माउथ पाइरहेको छ ।

दर्शकको सकारात्मक प्रतिक्रियाले निर्माण टिम अब फिल्मले थप राम्रो बिजनेस गर्नेमा पूर्ण विश्वस्थ छ । समीरको पहिलो फिल्म ‘१२ गाउँ’ले ५१ दिनको सेलिब्रेसन गरेको थियो । त्यो रेकर्ड समीरको दोस्रो फिल्मले तोड्नेमा निर्माण टिम ढुक्क देखिएको छ ।

‘बलिदान’मा समीरको एक्सन, अभिनय र डाइलग दर्शकले कण्ठ गरेको पाइएको छ । हल पुगेका दर्शकले समीरलाई उनले बोलेका डाइलग उनैलाई कण्ठस्थ सुनाइरहेका छन् । यसले समीरको क्रेज र उनीप्रतिमो माया देखाएको छ । ‘आमा र माटोको कथा भएकाले दर्शकले फिल्म मन पराइरहनु भएको छ ।

महिलाहरू धेरै आइरहनु भएको छ । आमाको कथा भएकाले आमाहरूले रिलेट गरिरहनु भएको छ,’ समीर भन्छन्, ‘दर्शकले आफैं बोलिरहनु भएको छ, हामीले झुटो बोल्नै पर्दैन ।’

‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।

प्रतिक्रिया दिनुहोस्