काठमाडौं, १० असोज । अभिनेता सुशिल श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’को पोस्टर सार्वजनिक भएको छ । सोमबार बडादशैंको घटस्थापनाको अवसरमा सार्वजनिक पोस्टरबाट फिल्म आगामी माघ ९ गतेबाट देशव्यापी प्रदर्शनमा आउने जानकारी दिइएको छ ।
दिब्यासी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म ‘परिवर्तन’को पोस्टरमा मुख्य पात्र सुशिल श्रेष्ठ एक्सन अवतार प्रस्तुत छन् । जसमा आगो, लडाइँ र प्रतिशोधको झल्को पाइन्छ । उनले हातमा बोकेको तरबारमा आगोको राप देखिन्छ । सस्पेन्स र एक्सन मिश्रित यो कथामा परिवर्तनको यात्रामा नायकले भोग्ने संघर्षलाई केन्द्रमा राखिएको संकेत देखिन्छ ।
पोस्टर हेर्दा देशको सीमानाको विषयमा लडाइँ परेको हो की भन्ने अनुमान गर्न सकिन्छ । अभिनेता सुशीलको अहिलेसम्म कै बबाल एक्सन यो फिल्म मा रहेको बुझ्न सकिन्छ । फिल्मका एक्सन निर्देशन श्री श्रेष्ठ हुन् । यो फिल्ममा श्रीको काम अघिल्लाभन्दा पृथक गरेको देखिन्छ ।
विजय केरुङको निर्देशन रहेको फिल्ममा कथा तथा निर्माण दीपक सिवाकोटीको छ । फिल्ममा सुशील श्रेष्ठसहित अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल, गौतम तिवारी लगायत कलाकारको अभिनय छ । फिल्मको पटकथा शिवम् अधिकारीले लेखेका हुन् ।
बलिउडका कालाचरणको ब्याकग्राउण्ड म्युजिक, शिव ढकालको डिओपी, सह–सम्पादन उमेश थापा, एसोसिएट निर्देशक नवराज शर्मा, कलरिस्ट राजेन्द्र मोक्तान र बन्दे प्रसादको सम्पादन रहेको फिल्मको कथा, संवाद र गीत–संगीत नेपाली समाजमा परिवर्तनसँग सम्बन्धित छ । फिल्मको प्रोडक्सन डिजाइनर अरुण रेग्मी हुन् ।
प्रतिक्रिया दिनुहोस्