टि ट्वान्टी आईमा नेपालले वेस्ट इण्डिजलेसँग खेल्ने

 

काठमाडौं, ३ असोज । नेपाल र वेष्ट इण्डिजबीच २७, २९ र ३० सेप्टेम्बरमा खेल हुनेछ । युएईको शारजाहमा हुने तीन टि ट्वान्टी आई सिरिजका लागि वेस्ट इण्डिजले बुधवार १५ सदस्यीय टोली घोषणा गरेको छ । स्पिनर अकिल हुसेनको कप्तानीमा घोषित टोलीमा ६ डेब्यू गर्न बाँकी खेलाडी छन् । वेष्ट इण्डिजबाट खेलेका खेलाडीमा पनि पहिलो रोजाईका अकिल मात्रै छन् ।

पछिल्लो समय सिनियर टोलीमा पूनरागमन गरेका जेसन होल्डर, मध्यक्रमका भरपर्दा ब्याटर केसी कार्टी, अलराउण्डर फबिएन एलेन, कायल मेयर्स र तीव्र गतिका बलर ओबेद म्याककोय नेपालविरुद्ध खेल्ने टोलीमा छन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले घरेलु र क्यारेवियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका युवा खेलाडीलाई नेपालविरुद्ध टोलीमा समेटेको छ ।

नियमित कप्तान शाई होप, शिम्रन हेटमायर, रोभम्यान पावेल, शेर्फान रदरफोर्ड, रोमारियो शेफर्ड, अल्जारी जोशेफ, शमार जोशेफ, रोश्टन चेश लगायतका विश्व सुपरस्टार भने नेपालविरुद्ध खेल्ने सिरिजमा छैनन् ।

वेष्ट इण्डिज क्रिकेट बोर्डले सिनियर खेलाडी नराख्नुको बारे घोषणा टोलीमै उल्लेख गरेको छ । ‘यो २०२६ को टि ट्वान्टी विश्वकपलाई टिम निमार्ण गर्ने एउटा राम्रो सिरिज हो । सिनियर प्रमुख खेलाडीलाई ओर्कलोडलाई(कार्यभार) ध्यानमा राख्दै विश्राम दिएको छ’, वेष्ट इण्डिजले प्रेस विज्ञप्तिमा भनेको छ ।

वेष्टइण्डिजले भारतसँग दुई टेस्ट सिरिज अक्टोबर १ देखि खेल्दैछ । उक्त सिरिजमा रोश्टन चेश, शाई होप, अल्जारी जोशेफ, ब्रेन्डन किंग, शमार जोशेफ र जयमेन सिल्स टेस्ट टोलीमा समेटिएका छन् ।

गत अगष्ट दोस्रो सातादेखि सुरु भएको क्यारेवियन प्रिमियर लिग आगमी आइतवार सकिनेछ । त्यसैको कारण टेस्ट टोलीमा नसमेटिएका टि ट्वान्टी सुपरस्टारलाई विश्राम दिएको छ ।

गतवर्ष वेष्ट इण्डिज ए नेपालमा आएर पाँच टि ट्वान्टी अभ्यास खेल खेलेको थियो । उक्त सिरिजमा रोश्टन चेशले कप्तानी गरेका थिए । चेश टेस्ट टोलीका कप्तान हुँदा यस पटक नेपालविरुद्ध समेटिएका छन् ।

गतवर्ष नेपाल आएका ओबेद म्याककोय, केसी कार्टी, फबिएन एलेन यस पटक सिनियर टोलीमा समेटिएका छन् । उक्त सिरिज वेष्टइण्डिजले ३–२ ले जितेको थियो ।
यद्दपी ९ खेलाडीले भने वेष्टइण्डिजबाट खेलि सकेका छन् । जस्मा केही भने विश्वचर्चित खेलाडी छन् ।

१८ वर्षीय युवा ओपनर जेवेल एन्ड्रयूलाई पाकिस्तानविरुद्ध जुलाई ३१ मा टि ट्वान्टी आईमा डेब्यू दिएको थियो । उनी स्पिन राम्रो खेल्ने क्लिन हिटर मानिन्छन् । उनले डेब्यू खेलमा ३ छक्कासहित ३५ रन जोडेका थिए । तीन टि ट्वान्टी आईमा उनले ७१ रन बनाएका छन् ।

ओडिआई क्रिकेटमा सानदार प्रदर्शन गर्दै आएका २८ वर्षीय केसी कार्टीले ४ टि ट्वान्टी आई खेलेका छन् । नेपालविरुद्ध राम्रो प्रदर्शन गर्न सके मध्यक्रममा उनले सिनियर टोलीमा नियमित स्थान बनाउन सक्छन् ।

लखनऊ सुपर जायन्ट्सबाट आइपिएल खेलि सकेका कायल मेयर्स नेपालविरुद्ध खेल्ने स्टार ब्याटर हुन् । उनले वेष्टइण्डिजबाट १८ टेस्ट, २८ ओडीआई र ३८ टि ट्वान्टी आई खेलेका छन् ।

२०२१ मा टेस्टमा डेब्यूमै बंगलादेशविरुद्ध २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका उनी आक्रामक ब्याटिङसँगै मध्य गतिका बलर हुन् ।
२८ वर्षीय बायाँ हाते विकेटकिपर आमिर जांग्गोले गत डिसेम्बरमा बंगलादेशविरुद्ध ओडिआई डेब्यूमै दोहोरो शतक हानेका थिए ।

जेसन होल्डर नेपालविरुद्ध खेल्ने सबैभन्दा अनुभवी खेलाडी र सुपरस्टार हुन् । पूर्वकप्तान समेत रहेका उनले ६९ टेस्ट, १३८ ओडआई र ७५ टि ट्वान्टी आई खेलेका छन् । संसारभरका लिग खेलेको अनुभव उनीमा छ ।

नेपालविरुद्ध कप्तान अकिल हुसेन भने सिमित ओभरमा वेष्ट इण्डिजका पहिलो रोजाईका खेलाडी हुन् । ३२ वर्षीय हुसेनले ३८ ओडिआई र ७८ टि ट्वान्टी आई खेलेका छन् ।

प्रतिक्रिया दिनुहोस्