काठमाडौँ, ३० भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुसता’ को आन्दोलनका क्रममा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट र आगजनीमा आफ्नो पार्टीसँग सम्बन्धित कोही कसैको संलग्नता देखिए कारबाही गरिने जनाएको छ ।
माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गर्दै आफ्ना पार्टीका सदस्य ध्वंसात्मक गतिविधिमा संलग्न भएको तथ्य र प्रमाण फेला परे कडाभन्दा कडा कारबाही गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
“केही व्यक्ति वा समूहले यस्ता ध्वंसात्मक क्रियाकलापमा माओवादी कार्यकर्ताको संलग्नता भनी गरिएको प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो, “यस्ता आधारहीन हल्ला फैलाएर पार्टी तथा आन्दोलनलाई कमजोर बनाउनेप्रति सचेत रहँदै यस प्रकारका दुष्प्रचारबाट भ्रममा नपर्न आमजनसमुदायमा अपिल गर्दछ ।”
माओवादी केन्द्रले आन्दोलनकारीबाट पार्टीको कार्यालय, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत दर्जनौँ नेता, कार्यकर्ता र परिवारका घर तथा अन्य सम्पत्तिमा आगजनी तोडफोड भएको उल्लेख गरेको छ । जेनजी पुस्ताले उठाएका मागप्रति आफूहरूको सहमति रहेको उल्लेख गर्दै माओवादी केन्द्रले आन्दोलनमा प्रतिगामी तत्वले घूसपैठ गरी विध्वंस र वितण्डा मच्चाएको जनाएको छ । पार्टीले त्यस्ता गतिविधिको विरोध र भत्र्सनासमेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्