काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला

काठमाडौं, २९ भदौ । काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ।

भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ।

आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले जानकारी दिएका छन।

ुशव भेटिएको छ। प्रदर्शनकारी हुन् कि कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेको छैन,ु ती अधिकृतले भने।

काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको आकलन छ।

त्यसबारे बुझ्न प्रहरी परिचालन भएको पनि ती प्रहरी अधिकृतले बताए।

प्रतिक्रिया दिनुहोस्