काठमाडौं, २९ भदौ । भदौं २३ र २४ गते भएको जेन(जी प्रर्दशनीको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका हुन्।
उनका अनुसार ५९ जना प्रर्दशनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीसहित गरेर ७२ जनाले ज्यान गुमाएका छन्। १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन्।
भ्रष्टाचार र सामाजिक सञ्जाल खोल्नुपर्ने माग राख्दै जेन(जीहरूले भदौ २३ गते प्रर्दशनी गरेका थिए।
त्यसदिन १९ जनाको मृत्यु भएपछि २४ गते देशभरका सरकारी कार्यालय, प्रहरी कार्यालय, सिंहदरवार, संसद भवन लगायतमा आगजनी र तोडफोड भएको थियो।
प्रतिक्रिया दिनुहोस्