काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० जना सांसदले सामूहिक राजीनामा दिएका छन् । जेनजी पुस्ताद्वारा सुरु गरिएको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले गरेको दमन र दर्जनौं युवाको ज्यान गएपछि रास्वपाले यस्तो कदम चालेको हो ।
प्रतिनिधिसभामा रास्वपाका २१ सांसद छन् । जसमध्ये सांसद तोसिमा कार्की र सांसद असिम शाहले सांसद पदबाट राजीनामाको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सांसद कार्कीले राजीनामा घोषणा गरेको जनाएकी दिनु भएको छ ।
’म आधिकारिक रुपमा पत्र नै बुझाउँला तर आज भाद्र २४ गते ११ः५५ बजे देखि नै यो अपराधी र संवेदनाहीन सरकारको कठपुतली बनेको संसदको जिम्मेवारीबाट हट्ने र २०७९ को निर्वाचनको सांसद नरहने घोषणा गर्दछु । जेनजी आईएम विथ यु,’ कार्कीले लेख्नु भएको छ ।
यस्तै,राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सांसद पदबाट राजीनामाको घोषणा गर्नु भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले आजकै मितिदेखि तत्काल प्रभावकारी रूपमा राजीनामा गरेको घोषणा गर्नु भएको हो ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरूमाथि प्रहरीले दमन गरेपछि स्थिति नियन्त्रणबाहिर गएको छ । रास्वपाले जेनजी युवाहरूको प्रदर्शनमा ऐक्यबद्धता जनाएको छ । रास्वपाले संसद बिघटनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्